४ श्रावण २०७३, मंगलवार

अभिनेता रजनीकान्तको फिल्म काबाली रीलीज हुनु अगावै दर्शकहरुको ध्यान तान्न सफल भयो । रजनीकान्तको उक्त फिल्मको गीतका साथै एक ग्याङ्गस्टार लुकले निकै चर्चाका पाएको थियो । त्यसोत अहिले आएर उक्त फिल्म पनि रीलीज पुर्व नै पाईरेसीको मारमा परेको छ । समाचारमा आएनुसार डार्क वेबतीर काबाली फिल्मलाई डाउनलोड गर्ने र स्ट्रीमिङ गर्ने भईरहेको अप्शनहरु देखाईरहेको छ । डार्क वेबको यस्तो कर्नरहरुले गर्दा राम्रा फिल्महरुको बिजनेशमा निकै घात पुर्याई रहेको छ । अहिले आएर फिल्म काबालीको प्रोडक्शन टिमले अनअथोराईज्ड लिङ्क हटाउन माग गरीरहेका छन् ।


यो भन्दा पहिले शाहीद कपुरको फिल्म उड्ता पञ्जाब पनि रीलीज पहिल्यै लीक भएको थियो । त्यस्तै रोमान्टीक कमेडी फिल्म ग्रेट ग्राण्ड मस्ती, सलमान खानको प्रदर्शनरत फिल्म सुल्तान पनि रीलीज पहिले नै डार्क वेब नेटमा लीक भएको थियो ।
रीलीज अगावै लीक भएका फिल्महरु मध्ये सलमान खानको सुल्तान मात्र हिट फिल्म बन्यो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV