४ श्रावण २०७३, मंगलवार

सुन्दर भबिष्यको सपना बोकेर युरोप आएका सुरज आचार्यको पोर्तुगलमा असायमिक निधनले अहिले पोर्तुगलवासी शोक मा डुबेका छन्।  

पोर्तुगलमा रहेका नेपालीहरुको सुख र दुखको हरेक क्षणमा अभिभावक को भूमिका निर्वाह गर्दै आईरहेको एन आर एन पोर्तुगलले आफ्नो अधिकारिक फेसबुक पेजमा श्रद्धाञ्जली सन्देश मार्फत  आचार्यको अल्पायुमै भएको असामयिक निधनले अत्यन्त मर्माहत र स्तब्ध भएको र  असिम दुखको यो घडीमा स्वर्गीय आचार्यको आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरेको छ । “शोकाकुल परिबारजन प्रती हार्दिक समवेदना सहित धैर्य धारण गर्ने शक्तिको निम्ति प्रार्थना गर्दछौं” भनी अध्यक्ष भीम के सी कमल द्वारा प्रेषित सन्देशमा उल्लेख छ। 

 

स्वर्गीय आचार्यको पार्थिव शरिरको परिवारको सहमती र आग्रह अनुसार पोर्चुगलमै बैदिक बिधिपुर्बक दाहसस्कार गरिने भएकोले दाहसस्कारको निम्ति  यथासक्य स्वेच्छिकआर्थिक सहयोग गरिदिन हुन पोर्तुगलवासी नेपाली समुदायमा एन आर एन ए पोर्तुगलले आग्रह समेत गरेको छ।  एन आर एन ए पोर्तुगलले दाहसंस्कारको निम्ति स्वेच्छिक रुपमा सहयोगको अपिल गरिएको छ। इच्छुक दाताहरूले NRNA पोर्चुगलको NIB नं: 0079 0000 3067 6290 10180 मा सहयोग रकम ट्रान्सफर गरि सो को जानकारी [email protected] मा गराइ दिनु हुन अनुरोध गरेको छ ।अलेन्तेजो क्षेत्रमा सहयोग संयोजनको निम्ति गोबिन्द सापकोटा, तिलक गैरे र दिपेन्द्र आचार्यज्युलाई जिम्मेवारी प्रदान गरिएकोले सो क्षेत्रमा सहयोग गर्न इच्छुक महानुभावहरुले उहाँहरुसंग सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ।

 

स्वर्गीय आचार्यको दाहसंस्कारको निम्ति सिनेस स्थित स्थानिय फ्युनेरल एजेन्सीलाइ जिम्मेवारी दिई सकिएको र दाहसंस्कारको स्थान, मिति र समय अचाडै नै अर्को   सुचनाद्वारा जानकारी गराइने अध्यक्ष भीम के सी कमलले जानकारी दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV