
दक्षिण कोरिया इन्सनका २८ बर्षिय मिन वो किम विश्वयात्री हुन् । उनले २०१५ मे १० बाट विश्यायात्रा सुरु गरि अहिले सम्म ५४ ओटा देश घुमिसकेका छन् ।
आर्थिक सहयोग भन्दा भावनात्मक सहयोग फरक हुने भन्दै किमले ५४ ओटा देशका नागरिकलाई आइ लव नेपाल भन्न लगाउंदै एउटा भिडियो नै बनाए ।
यस बाहेक किमले सिन्धुपाल्चोक जिल्लाका भुकम्प पिडितलाई आर्थिक सहयोग , ठमेलको कन्या मन्दिर स्कुल लाइ पुस्तकालय निर्माणको लागि सहयोग र भक्तपुर चाङ्गुनारायण झौखेल स्थित अनाथलयलाइ पनि सहयोग गरेका छन् ।