
हिन्दू नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदै
सोमबारदेखि नै देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ । काठमाडौको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी धुमधामका साथ मनाईरहेको छन् ।विशेषत साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि शिवमन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।
विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने प्रचलन रहि आएको छ । विशेषत शिवको प्रिय दिनका रुपमा साउन महिनाको सोमबार मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहि आएको छ ।
अर्को तर्फ साउन महिनामा पाँच वटा सोमवार परेको अझ उत्तम हुने गर्दछ। पाँचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्रको रुपमा मानिन्छ ।