२ श्रावण २०७३, आईतवार

साउन पहिलो साता सम्ममा मोरङमा ५० प्रतिशत मात्र धान रोपाई भएको छ ।  सधैजसो ढिलो पानी पर्ने गरेकाले रोपाई पनि ढिलो गर्ने मोरङको दक्षिणी क्षेत्रका  कृषकहरुले बीउ समेत छरेका छैनन् ।


मोरङको उत्तरी क्षेत्रमा करिब ८५ प्रतिशत रोपाई भईसकेको र दक्षिणी क्षेत्रमा करिब २५ प्रतिशत रोपाई भएको जिल्ला कृषि विकास कार्यालय विराटनगरले जनाएको छ । दक्षिणी क्षेत्रमा कम पानी परेको र सुनसरी मोरङ सिचाईको नहरबाट ढिलो मात्र पानी पाइने भएकाले भाद्र महिनाको पहिलो साता सम्म रोपाई गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
मोरङमा समयमा वर्षा भएकाले यस वर्ष धान खेती करिब ७ हजार हेक्टर बढेर ८५ हजार हेक्टर पुग्ने अनुमान छ । गत वर्ष मोरङमा ७८ हजार हेक्टरमा धान रोपाई गरिएकोमा ३ लाख १२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV