२ श्रावण २०७३, आईतवार

टर्कीमा सत्ता हत्याउने प्रयास विफल भएको एक दिनपछि यहाँका राष्ट्रपति रेसिप तेयिप एर्डोगनले सरकारी निकायमा रहेका भाइरसलाई झिकेर फालिने बताउनुभएको छ ।

उहाँले यसपालि सत्ता हत्याउने खेल असफल भए पनि आगामी दिनमा पनि ती खेलहरूलाई मलजल गर्नखोज्नेहरू बाँकी नै रहने खतरा भएकाले उनीहरूलाई झिकेर फालिने बताउनुभएको हो ।

उहाँले शुक्रबार राति भएको सत्ता हत्याउने सैनिक विद्रोहमा मारिएका व्यक्तिको शवयात्राका क्रममा दिनुभएको सन्देशमा सो धारणा राख्नुभएको हो ।

उकाँले राज्यका विभिन्न निकायमा यस्ता भाइरसहरू रहेको अनुमानका आधारमा अब सरकारले आगामी दिनका लागि सफाई अभियान सुरु गर्ने धारणा पनि राख्नुभएको हो ।

दुई ठूला सहरहरू इस्तानबुल र अङ्कारामा शुक्रबार राति भएको गोलाबारी र विस्फोटका घटनापति विद्रोही सेनाका व्यक्ति र सर्वसाधारण गरी एक सयभन्दा बढीको ज्यान गएको थियो ।

साथै यसमा परी ७०० भन्दा बढीलाई सरकार समर्थित सेनाले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा जर्नेलसहित २९ जना उच्च पदस्थ सैनिक अधिकारी पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV