२ श्रावण २०७३, आईतवार

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले संसद् विघटन नगर्ने र सरकारले अविश्वासको प्रस्ताव सामना गर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधानले निर्दिष्ट गरेको बाटोबाट सरकार एक ईन्च पनि तलमाथि नहुने बताउँदै संसद्मा अविश्वासको प्रस्ताव पेस भएकाले अहिले नै यो सरकार अल्पमतमा प¥यो भनी राजिनामा माग्नु असंवैधानिक हुने बताउनुभयो । मन्त्री पाण्डेले आफू अनुकूल संविधानको व्याख्या नगर्न आग्रह गर्दै संसद्बाट केही आर्थिक विधेयक पारित नभए सरकारमात्रै नभएर मुलुक नै असफल हुने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकको आवश्यकताका आधारमा काँग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच गठबन्धन बनेको बताउनुभयो । प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने विश्वास काँग्रेसले लिएको धारणा राख्दै उहाँले राजनीतिक दलहरुबीच तिक्तता रहेपनि संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणमा मिलेरै अघि बढ्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले मुलुकका विद्यमान समस्यालाई समाधान गर्न संविधानप्रति असन्तुष्ट मधेसी, आदिवासी, जनजाति, पिछडिएका वर्गको भावनालाई सम्बोधन गरिनुपर्ने बताउनुभयो । उहाँले एमालेले आफ्नो पार्टीसँग विगतमा गरेका सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै प्रधानमन्त्रीले नैतिकता प्रदर्शन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेस गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV