२ श्रावण २०७३, आईतवार

काठमाडौं, बि.एस.बलामीको फिल्म ‘ड्राइभर दाई’को अफिसियल प्रोमो सँगै रीलीज मिती सार्वजनीक भएको छ । आयोजीत एक कार्यक्रममा फिल्मका निर्माण पक्ष र पत्रकारहरुको बिचमा ‘ड्राइभर दाई’फिल्मको प्रोमो सँगै रीलीज मिती सार्वजनीक गरीएको हो । ‘ड्राइभर दाई’ भदौको ३१ गतेबाट सबै दर्शक सामु प्रदर्शनमा आउने भएको छ ।

vlcsnap-2016-07-17-13h05m40s515
यसै कार्यक्रमका बीचमा फिल्मको टाईटल अडियो भिडियो पनि देखाइयो । साथै बि.एस. बलामीकै अर्को फिल्म नेपालीको शान नामक फिल्मको अनाउन्स पनि भएको छ ।
‘ड्राइभर दाई’फिल्मलाई राजेन्द्र गौतम र ज्ञानु श्रेष्ठको निर्माणमा बि.एस.बलामीले निर्देशन गरेका हुन् । फिल्मले एक ड्राईभर पेशामा आबद्ध ब्यक्तिको कथा बस्तुलाई पर्दामा प्रस्तुत गरेको छ । फिल्मको रीलीज प्रोमोमा फिल्मका लीड कलाकार किशोर खतिवडाको एक्शन अवतारलाई देखाईएको छ । साथै, गीत संगीतलाई पनि त्यतिकै प्राथमिकतामा राखिएको छ ।
कार्यक्रममा उपस्थित भएका फिल्मका निर्देशक बलामीकानुसार फिल्म एक ड्राईभरको जीवनीमा आधारीत रहेको छ । फिल्ममा लभस्टोरी तथा एक्शनका साथै मनोरञ्जनात्मक रहेको छ । निर्देशक बलामीले फिल्मको बारेमा बोल्दै आफुले पहिले द्धन्द निर्देशन बाट फिल्म निर्देशनमा पनि हात हालेको बताउँदै आधा दर्जन जती फिल्महरु निर्देशन गरीसकेको बताएका छन् । साथै,आफुले निर्देशन गरेका फिल्महरु जसरी पहिले दर्शकहरुले मन पराए त्यसरी नै ‘ड्राइभर दाई’फिल्मलाई पनि दर्शकहरुले मन पराईदिनेमा उनि ढुक्क रहेको बताए ।
vlcsnap-2016-07-17-13h04m29s209
‘ड्राइभर दाई’फिल्मको रीलीज मीती सँगै प्रोमो सार्वजनीक कार्यक्रमका प्रमुख अतिथीको रुपमा उप प्रधान मन्त्री सीपी मैनाली रहेका थिए । उक्त कार्यक्रममा मन्त्री मैनालीले आफुले फिल्मको प्रोमो हेरी सकेपछि फिल्मको सबै पक्ष राम्रो रहेको आशा ब्यक्त गर्नुका साथै ‘ड्राइभर दाई’फिल्म सँगै फिल्मका निर्माण पक्षलाई सफलताको शुभकामना पनि दिए ।
‘ड्राइभर दाई’फिल्ममा बब्बु थापा र निशा शाहले नृत्य निर्देशन गरेका छन् । श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । त्यसोत, ‘ड्राइभर दाई’ फिल्मको स्क्रीप्ट भने नबिन पन्तले लेखेका हुन् । त्यस्तै फिल्मको संगीत टंक बुढाथोकी र राज मगरले दिएका हुन् ।
vlcsnap-2016-07-17-13h06m02s690
बि.जी. फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ड्राइभर दाई’मा किशोर खतिवडा,सिमा केसी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । कार्यक्रममा उपस्थित फिल्मका लीड कलाकार खतिवडाले फिल्मको बारेमा बोल्दै भदौको ३१ गतेबाट रीलीज हुदै गरेका ‘ड्राइभर दाई’ फिल्मलाई हेरीदीन दर्शकहरुलाई आग्रह पनि गरेका छन् ।
vlcsnap-2016-07-17-13h03m23s916

\

प्रतिक्रिया दिनुहोस्
LIVE TV