१ श्रावण २०७३, शनिबार

कैलाली जिल्लाको मोहना र यसका सहायक नदीहरुमा आजदेखि दुर्लभ प्राणी डल्फिनको गणना सुरु गरिएको छ ।

download (3)

कर्णाली र मोहना नदीको दोभान चौगुर्दी घाटदेखि पश्चिम हिम्मतपुरसम्मको मोहना नदीको भाग र यसका सहायक पथरैया, काँडा, कनरा नदीको समेत १५ स्थानमा एकसाथ डल्फिन गणना थालिएको डल्फिन संरक्षण केन्द्र ९कैलाली०का अध्यक्ष भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ले बताउनुभयो ।

गणनाका लागि डल्फिनको बारेमा अनुभवप्राप्त पाँच÷पाँच जनाको टोली परिचालन गरिएको छ । “आज पहिलो दिन गणना भएको ठाउँमा दोस्रो, तेस्रो दिनसम्म पनि गणना गर्ने तयारी गरिएको छ, श्रेष्ठले भन्नुभयो – आज पहिलो दिनको गणनामा सोचेभन्दा धेरै सङ्ख्यामा डल्फिन देखिएको छ ।”

गणनाको अनुगमनका लागि त्रिभुवन विश्वविद्यालय, जुओलोजी विभागका प्राध्यापक डा मुकेश चालिसे र डल्फिन संरक्षण केन्द्रका विजयराज श्रेष्ठ खटिनुभएको छ ।

डल्फिनको संरक्षणका साथै गणनाका लागि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन० र डल्फिन संरक्षण केन्द्र कैलालीका बीच केही महिनाअघि एक सम्झौता भएको थियो ।

यो मौसममा देशका कर्णाली र यसको सहायक गेरुवाका साथै नारायणी, कोसी नदीमा पनि डल्फिन गणनाको तयारी गरिएको संरक्षण केन्द्रले जनाएको छ ।

मानिसपछिको दोस्रो बुद्धिमान प्राणीको रुपमा डल्फिनलाई लिने गरिन्छ । वर्षायाममा पानीको सतह बढेसँगै कैलालीको मोहना, काँडा, कान्द्रा, पथरैयालगायतका नदीमा डल्फिन चरनका लागि आउने गरेका छन् । रासस

LIVE TV