
मुख्य सचिव डा सोमलाल सुवेदीले खोलानाला सरसफाइ अभियानलाई देशव्यापी बनाउनुपर्ने बताउनुभएको छ ।
पोखराको फिर्के–वुलौदी सफाइ अभियानअन्तर्गतको सातौँ शृङ्खलाको आज यहाँ शुभारम्भ गर्दै उहाँले सबै नागरिकलाई सचेत गराई यसमा सहभागी बनाउन सके अभियानको लक्ष्य पूरा हुने धारणा राख्नुभयो ।
सो अवसरमा उहाँले सरसफाइ अभियानका सहभागीलाई शपथसमेत खुवाउनुभएको थियो ।
यस अभियानको सातौँ शृङ्खलासम्म २५ हजार पोखरेलीले सहभागिता जनाइसकेको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।
आज टुंडाकोपाटनदेखि तल ५०० मिटरसम्म सरसफाइ गरिएको थियो । विभिन्न सङ्घसंस्था र स्थानीयवासी गरी करिब ५०० जनाको सहभागिताबाट चार ट्रक फोहर निकालिएको बताइएको छ । रासस