१ श्रावण २०७३, शनिबार

awsfddef

फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’को तीज गीत (तिजैमा लै लै) बोलको गीत सामाजीक सञ्जाल युट्युभ मार्फत रीलीज भएको छ । रीलीज गरीएको उक्त तीज गीतमा फिल्मका लीड कलाकारहरु सबैलाई प्रस्तुत गरीएको छ । जस्मा,मोडल,भिजे तथा नायिका सुर्जनी केसी,सुसान्त कार्की,सुसिल सिटौला,शिशिर भण्डारी,ऋजा भुषाल,रष्मी भट्ट लगाएका कलाकारहरुले फिचरीङ गरेका छन् । त्यसोत फिल्मकी लीड नायिका केसी पछिल्लो समयमा बिदेश भ्रमणमा निकै ब्यस्त छिन् ।

13672207_10208432241875184_898372959_n-195x260
उक्त (तिजैमा लै लै)बोलको गीतलाई दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीतमा अर्जुन पोखरेल र दुर्गा खरेलले स्वरबद्ध गरेका छन् । फिल्मका निर्माण पक्षले फिल्मको रीलीज मिती तथा हिन्दु नारीहरुको महान चाड तीज नजिकै गर्दा उक्त तीज गीत रीलीज गरेका हुन् ।
फिल्म‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ यहि श्रावनको २१ बाट सम्पुर्ण दर्शकसामु रीलीज हुदैछ । फिल्मलाई ऋषि राज आचार्यले लेखन,निर्माण तथा निर्देशन गरेका हुन् । उक्त फिल्मलाई नबिन निरौलाले सम्पादन तथा कलरीङ गरेका हुन् ।
फिल्मले हाम्रै गाउँघरमा रहीआएको पुरानो चलन चल्तिलाई पर्दामा प्रस्तुत गर्नेभएको छ । फिल्ममा भिजे,मोडल तथा नायिका सुर्जनी केसी,सुसान्त कार्की,सुसिल सिटौला,शिशिर भण्डारी,रष्मी भट्ट,ऋजा भुषाल,सुशिल पोखरेल,बिशाल पहाडी, सन्देश घर्ति मगर लगाएका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV