१ श्रावण २०७३, शनिबार

दाङको गोलटाकुरी ४ रामपुरको बस्तीमा २०७१ साल साउनमा आएको वाढि गाउँमा पस्यो । बबईको वाढि गाउमा पस्दा त्यतिखेर धेरै घरहरुमा क्षति पु¥यायो । त्यसका साथै गाउलेहरु आवत जावत गर्ने बाटो र सिचाइ कुरो समेत वाढिले बगाएर लग्यो ।

nm

त्यसपछि तटबन्ध निर्माण कार्य शुरु भयो र अहिले यो योजना बनेपछि गोलटाकुरीका स्थानीयहरु वर्षातको समयमा समेत ढुक्कले आफ्नै घरमा बस्न पाएका छन् ।
बाढिले क्षेत्री पु¥याएको बाटो, कुलोलाई पुर्ववत अवस्थामा ल्याउन र बस्तीलाई विपतबाट बचाउन गोलटाकरी ४ रामपुरमा नदिकटान नियन्त्रणका लागि पक्की दिवाल सहितको तटबन्ध गरिएको छ । जलवायु अनुकुलन कार्यक्रम लापा अनतरगत ५९ मिटर लामो पक्की वाल सहितको तटबन्ध निर्माण गरिउको छ । यस्तै १० मिटरको वायोइन्जिनियरिङ तटबन्ध समेत निर्माण गरिएको छ । २ लाख ४५ हजार रुपैयाको लागतमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष लिकबहादुर चौधरीले वताउनुभयो ।
उहाले बस्ती अपठेरोका परेको,मुलबाटो नै तहस नहस भएको र सिचाई कुलो पनि विग्रिएकाले त्यसको संकट टार्न तथा जोगाउन संरक्षण योजना निर्माण गरिएको वताउनुभयो । बाढिपछि रामपुरका ८४ घरधुरीलाई आवगमन गर्न समेत असहज भएको थियो । तर त्यसपछि निर्माण गरिएको पक्की वालले अव धेरै सहज बनाइदिएको उहाँले बताउँनुभयो ।
यो योजना बनेपछि पानी आएपनि गाउँलेहरु ढुक्कसंग घरम बस्न पाएका छन् । पहिले पानी आउदा कहा र कता जाने भन्ने स्थानीयको चिन्ता अहिले हटेको छ । वालले बस्ती र बाटो मात्र होइन धेरैका खेती गरिखाने जग्गा समेत सुरक्षित भएको छ । अझ तटबन्ध बढाउन पाए राम्रो हुने स्थानीय ललित चौधरीले भन्नु भयो गाउँलेको सुरक्षा अहिले भयो । मुल बाटो नै बाढीले बगाउदा बाटोको नक्सा समेत थिएन । तर पक्कि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित हुनुका साथै मूल बाटो पहिलेकै अवस्थामा आएको छ भने खोलापनि लयमा फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV