
एन आर एन जापान कान्साईका पुर्ब सँयोजक तथा गोरखा क्षेत्र नं २ का नेपालि कंग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश चन्द्र दवाडीलाई एन आर एन कान्साई र जन सम्पर्क समिती कान्साईले संयुक्त्त रुपमा बधाई दिंदै सम्मान गर्यो ।
बिगत आठ बर्ष देखि सामाजिक क्षत्रमा गरेको अतुलनिय योगदान र विनाशकारी भुकम्पपछि एन आर एन जापान कान्साई र दवाडीको संयुक्त्त प्रयासमा भुकम्पपिडित जनताको सहयोग लागि दिनरात खटेको भन्दै एन आर एन कान्साइले सम्मान गरेको एन आर एन जापान कान्साईका प्रतिनिधि भुमि राज दवाडीले बताए ।
एन आर एन जापान कान्साई परिवारले नेपालमा विभिन्न क्षत्रमा सहयोग गर्दै आइ रहेको छ ।