१ श्रावण २०७३, शनिबार

यदि तपाइंले कहिँ कतै  सडक छेउमा मोटर साइकल फ्याट्ट छोडेर कतै अफिस वा पसल तिर छिर्नु भयो भने तपाइंलाई थाहा छ कि ट्राफिक प्रहरीले तपाइंको मोटर साइकल कि त घिसारेर  नजिकको प्रहरी चौकीको पार्किङ्गमा लिएर जान्छ कित तपाइँ नआए सम्म चिट थम्याउन कुरेर बसिरहन्छ ।
13728498_10154304511129350_362640113_o
यदि तपाइंले आफ्नो  गाडी सडक छेउमा पार्क गरेर कतै लाग्नु भो भने के होला ? न घिसारेर लान सक्छ  नत तपाइंको गाडी ट्राफिकले ढुकेरनै बस्न सक्छन्  ! यदि तपाईं हतारमा हुनुहुन्छ र गाडी सडक छेउमा पार्क गर्न खोज्दै हुनुहुन्छ भने अब होसियार !

13662451_10154304511209350_188473359_o

सुन्दा तपाइंलाई पत्यार पनि नलाग्न सक्छ तर आज भोलि ट्राफिक प्रहरीले यदि कुनै गाडी सडक छेउमा पार्क गरेको अबस्थामा भेट्टायो भने गाडीमै  भोटे ताल्चा मारिदिन्छन्  र ट्राफिक आफ्नो बाटो लाग्छन । जब तपाईंलाइ थाहा हुन्छकी गाडीलाइ ट्राफिकले कब्जा गर्यो त्यसपछि तपाईं आफैं  ट्राफिकको नजिकको बिटमा गएर खबर गर्नुपर्छ  । ट्राफिकले तपाइंलाई चिट थम्याउछ र भोटे ताल्चा खोलिदिन्छ  ।\

13706209_10154304511189350_883631252_n

प्रतिक्रिया दिनुहोस्
LIVE TV