३१ असार २०७३, शुक्रबार

युरोकप २०१६ आयोजना गरी सम्पन्न भएको फ्रान्समा अहिले विश्वको चर्चित साईक्लिङ प्रतियोगीता टुर डि फ्रान्स सन्चालन भईरहेको छ । टुर डि फ्रान्स साईक्लिङ प्रतियोगीताको १२ औ चरण सम्मको खेल सम्पन्न भएको छ । १२ चरण सकिदा एउटा अचम्मको घटना घट्यो जस्ले टुर डि फ्रान्समा नयाँ नजिर स्थापना गरेर छाड्यो ।


फ्रान्समा जारी टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिता अन्तर्गत १२ औं चरणको रेस सम्म सकिदा एउटा अनौठो दृष्य देखियो, अनौठो घटना घट्यो । समग्र तालिकामा अग्रता लिइरहेका ब्रिटिसका स्काई टिमका राईडर क्रिस फ्रमको साईकल दुर्घटनामा प¥यो । अन्नत उनले साईकल छोडेर दौडिए र दौडिएरै निर्धारित दूरी पूरा गरे । १२ औं चरणको लागि निर्धारित एक सय ८५ किलोमिटरको दुरी सकिन झण्डै १ किलोमिटर बाँकी रहँदा फ्रमको साईकललाई रेसकै सुरक्षामा खटिएका आयोजककै मोटरसाईकलले ठक्कर दिएको थियो । दुर्घटनापछि फ्रुमको साईकल गुडाउनै नमिल्ने गरी बिग्रिएको थियो । अर्को साईकल लिएको उनको टिमका सहयोगीहरु निकै पछाडि रहेकाले सुरुमा फ्रमले दुर्घटनाग्रस्त साईकल लिएरै दौडिए । तर यसपछि पहाडी उकालो दुरी पार गर्न फ्रुमले साईकल छाडेर दौडिएरै बाँकी दुरी पार गरे । यता आयोजककै कमजोरीले रेस लिडरको साईकल दुर्घटनामा परेपछि १२ औं चरणको नतिजा के गर्ने भन्नेमा आयोजकहरु अन्योलमा परेका थिए । यो चरणमा थोमस डे गेन्ट पहिलो भए भने सर्गे पवेल्स दोस्रो भए । तर रेस आयोजकहरुले फ्रमको साईकल दुर्घटनालाई दुर्भाग्य भन्दै समग्र तालिकामा भने फ्रमलाई नै अग्रस्थानमा राखेका छन् । दुर्घटनापछिको परिणामलाई जस्ताको तस्तै गणना गरिएको भए समग्र तालिकामा हाल दोस्रो र तेस्रो स्थानमा रहेका ओरिकाका राईडर एडम याट्स र मुभिस्टारका नायरो कुएन्टाना शीर्ष दुई स्थानमा आउँथे भने फ्रम तेस्रो स्थानमा झर्ने थिए । कहिले काहि दुघटनाले पनि खेलको प्रवृतिलाई फरक पार्न सक्दो रहेछ भन्ने कुरालाई टुर डि फ्रान्स साईक्किङ प्रतियोगीताले उदाहरण दिएको छ ।

LIVE TV