३१ असार २०७३, शुक्रबार

नेपाली कांग्रेसले सबै आफ्ना सांसदहरूलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ । व्यवस्थापिका–संसदको बैठक विशेष कारणवश साउन ६ गते विहिबार विहान ११ बजे बस्ने तय भएकाले कांग्रेसले आफ्ना सांसदहरुलाई उपत्यका बाहिर नजान ह्वीप जारी गरेको हो ।काठमाडौं–उपत्यका बाहिर नजान  र बाहिर जिल्ला वा विदेशमा भएका सांसदहरुलाई साउन २ गते आईतबारसम्म काठमाण्डौं आइपुग्न ह्वीप जारी गरेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा सबै सांसदहरुलाई साउन २ भित्र नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको छ ।

LIVE TV