३१ असार २०७३, शुक्रबार

नेपालीस्थित भारतीय दूतावासले केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेकोप्रति दूतावास खुशी भएको भनेर आएको न्यूजप्रति ध्यानाकर्षण भएको जनाएको छ  । भारतीय दूतावासले आफूले कुनै भोजको आयोजना नगरेको प्रष्ट पारेको हो ।


दूतावासद्वारा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत रञ्जित रेले तीनदिनअघि काठमाडौंको एक पाँचतारे होटलमा डिनर आयोजाना गरेको भन्ने समाचारप्रति राजदूतावासको ध्यानाकार्षण भएको जनाएको हो । केपी ओली नेतृत्वमा सरकारमा सामेल माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ‘खुसीयालीमा’ राजदूत रेले मधेसी नेताहरु बोलाएर डिनर आयोजना गरेको भन्ने समाचार केही सञ्चारमाध्यममा आएका थिए । प्रेस विज्ञप्तिमा समाचार कापोलकल्पित र झुटो भएको दाबी समेत गरेको छ ।
विहीबार प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले पनि सार्वजनिक कार्यक्रममा सरकार ढल्न लागेको खुसीयालीमा भोज खाएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV