३१ असार २०७३, शुक्रबार

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारमा स्रोत नखुलेको सम्पत्तिको प्रयोग भइरहेको आशंका गर्दै सुपरीवेक्षण तथा छानविन समिति गठन गरेको छ ।


धितोपत्र बोर्डले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ । बजारको स्वच्छता र पारदर्शीताका लागि निरन्तर काम गर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ । हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरि छानविन समिति गठन गरिए हो । सेयर बजारमा हाल दैनिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएको छ । धितोपत्र बजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढेको र बजारको दायरा समेत फराकिलो हुँदा स्रोत नखुलेको रकम प्रयोग भएको हुनसक्ने आशंका बढेको बोर्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV