३१ असार २०७३, शुक्रबार

नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल सुरु नभएसम्म अर्थसम्बन्धी विधेयकहरू पास नगर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकार अल्पमतमा परेको निष्कर्ष निकालेबो हो । ओली सरकारका विरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलको प्रक्रिया पूरा भएपछि मात्र अर्थसम्बन्धी विधयेक पास गर्ने माओवादीले निर्णय गरेको हो ।
माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV