३१ असार २०७३, शुक्रबार

काठमाडौं,“पाँचौ म्युजिक खबर म्युजिक अवार्ड” सम्पन्न भएको छ । विभिन्न छ बिधामा अर्जुन पोखरेलको संगीत रहेको गीतहरुले अवार्ड पाएका छन् । गत वर्ष रीलीजमा आएको फिल्म प्रेमगीतको टाईटल गीत (म यस्तो गीत गाउँछु) बाट गायीका अञ्जु पञ्तले उत्कष्ट चलचित्र पाश्र्व गायिका को अवार्ड जितीन् । त्यसोत, यसै फिल्मको अर्को गीत (म त अलपत्र पर्छु) गीतबाट उत्कृष्ट चलचित्र पाश्र्व गायकको अवार्ड स्वरुप राज आचार्यले पाएका छन् । यी दुवै गीतको संगीत पनि अर्जुन पोखरेलले दिएका हुन् । त्यसोत, प्रेमगीत फिल्मको गीत (म त अलपत्र पर्छु) बाट डा.कृष्णहरि बरालले उत्कृष्ट चलचित्र गीतकारको अवार्ड हात पारेका छन् । त्यस्तै वर्षको सर्बोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘हिमालको हिउँ जस्तो’ले अवार्ड जितेको छ ।
वर्षको पपुलर अफ द इयर बाट तर्फबाट गायक प्रमोद खरेल र रञ्जीता गुरुङ सम्मानीत भएका छन् । त्यस्तै रबीन्द्र राईले पब्लिक च्वईस अवार्ड पाए छन् । यसै कार्यक्रमा केही श्रष्टाहरु सम्मानीत पनि भएका छन् । “पाँचौ म्युजिक खबर म्युजिक अवार्ड”मा विभिन्न ३३ बिधामा अवार्ड प्रदान गरीएको थियो । सम्मानीत श्रष्टा तथा अवार्ड विजेताहरुको नाम यस प्रकार छन्ः
सम्मानीत स्रष्टाहरु ः
म्यूजिक खबर दिर्घ साधना सम्मान–२०७३ राष्ट्रकवि माधव प्रसाद घिमिरे
म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार–२०७३ रमण घिमिरे
म्यूजिक खबर सिंगर अफ दि डिकेड–२०७३ तिलक बम मल्ल
म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान–२०७३ डेकेन्द्र थापा
म्यूजिक खबर डायस्पोरा संगीत सम्मान–२०७३ कल्पना गुरुङ
म्यूजिक खबर डायस्पोरा संगीत सम्मान–२०७३ रमेशचन्द्र राई
अवार्ड विजेताहरुः
१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतः पारसमणी बराल, हिमालको हिउँ जस्तो
२.सर्वोत्कृष्ट पप गायन पुरुषः राजेश हमाल, कट्दैन चिसो रात
३. सर्वोत्कृष्ट पप गायन महिलाः दुर्गा खरेल, काले काले
४. सर्वोत्कृष्ट पप संगीतकारः कल्याण सिंह, तिमीलाई हेर्ने
५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुषः महेन्द्र गौतम, पिरतीको बन्धन
६.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिलाः रश्मी तामाङ, आँपैको अचार
७.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीः कपिल लामा, आजभन्दा भोली
८..सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरीः मिरा गिरी, खरबारीमा
९.सर्वोत्कृष्ट गायिका लोकदोहोरीः शर्मीला गुरुङ, हैन अरुको
१०. सर्वोत्कृष्ट गायक लोकदोहोरीः गणेश गुरुङ ,सल्ला धुपैले
११. ९.सर्वोत्कृष्ट शब्द रचना लोकदोहोरीः रमेश, बिजी हैन अरुको
१२. सर्वोत्कृष्ट भाका लोकदोहोरीः राजन ठकुरी ,बाटो मोड्ने छैन
१३. सर्वोत्कृष्ट लोकगीतः बिरही काकीर्, आमा–२
१४. सर्वोत्कृष्ट चलचित्र गीतकारः डा. कृष्णहरी बराल, म त अलपत्र (प्रेमगीत)
१५. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिकाः अन्जु पन्त, म यस्तो गीत (प्रेमगीत)
१६. सर्वोत्कृष्ट चलचित्र पाश्व गायकः स्वरुपराज आचार्य, म त अलपत्र (प्रेमगीत)
१७. सर्वोत्कृष्ट चलचित्र संगीतकारः अर्जुन पोखरेल, म यस्तो गीत (प्रेमगीत)
१८. सर्वोत्कृष्ट गजलः माधव निर्दोष, आजभोलि
१९. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत पुरुषः परशुराम रिजाल, बरु मै मरुँला
२०. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत महिलाः बिजु पण्डित,, सारा दिन
२१. सर्वोत्कृष्ट युगल गायनः दुर्गा परियार÷दिपक लिम्बु जिन्दगीको छहारीमा
२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारः हरि हुमागाईं, कोपिलामा सुन हुन्छ
२३. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकः निशान घिमिरे,त्यो दिन छुट्ने रात
२४. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकः सुरज श्रेष्ठ, पृथ्वी पारी
२५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुषः सनम कठायत, तिम्रो संसार उज्यालो
२६. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिलाः सुप्रिया कटवाल, यदि भगवान
२७.सर्वोत्कृष्ट संगीतसंयोजक सुंगमसंगीतः विष्णु अधिकारी,कोपिलामा सुन हुन्छ
२८. सर्वोत्कृष्ट ध्वनी मुद्रण सुगम सुंगम संगीतः किशोर थापा, मरु मैं मरुँला
२९. सर्वोत्कृष्ट गीतकार सुंगम संगीतः लोकराज अधिकारी, जे गर्दा नि
३०. सर्वोत्कृष्ट गायक सुंगम संगीतः मनोजराज बलवान, हुन्थें म
३१. सर्वोत्कृष्ट गायीका सुंगम संगीतः काव्य आचायर्, निचोरेर मुटु दिएँ
३२. सर्वोत्कृष्ट संगीतकार सुंगम संगीतः महेश खड्का, ऐना हेरेरै
३३. सर्वोत्कृष्ट एल्बम सुंगम संगीतः नृपध्वज खड्का, पल्लवी

प्रतिक्रिया दिनुहोस्
LIVE TV