३१ असार २०७३, शुक्रबार

नायिका यामी गौतम पत्रकारहरु सँग भड्कीइन् की जब उनलाई पुल्कीत सम्राटको पत्नीले लगाएकी आरोपको बारेमा सोधियो । फिल्म सनम रे को सहकलाकार पुल्कीतको पत्नि श्वोता रोहीराले यामीलाई उनिहरुको बैबाहीक सम्बन्धलाई तोडिदिएकी आरोप लगाएकी छिन् ।

Yami-Gautam-workout-diet
पुल्कीत र श्वेताले बैबाहीक सम्बन्धमा बाँधिएको १ वर्ष पछि उनिहरु २०१५ मा छुट््िटएका थिए । तत्पश्चात ३२ वर्षिय पुल्कीत यामी गौतम सँग रीलेशन छन् । भर्खरै एक साक्षात्कारमा श्वेताले यामी गौतमले श्वेता र पुल्कीतको बैबाहीक सम्बन्ध तोडेकी आरोप लगाएकी छिन् ।
यामी गौतम माथीको सोही आरोप माथि पत्रकारहरुले प्रश्न गरेका थिए, तर उक्त प्रशन माथी यामी भड्कीइन्,“यो निकै राम्रो समारोह हो, तापाईहरुले किन बेकारको प्रश्न गर्नु भएको ? मैले यस प्रश्नको उत्तर दिन याहाँ आएकी होईन । कृपया यस समारोह बाहेकका प्रश्न नगर्नु होला ।” यामीले उक्त समारोहमा फेशन शौ सँगै मिडियाहरु सँग कुरा पनि गरीन् । यामीले सो समारोहमा डिजाईनर अनिता डोगेरको लागी र्याम्प पनि नापिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV