३१ असार २०७३, शुक्रबार

चपली हाईट फिल्म बाट फिल्मी करीयर सुरु गरेर चर्चामा आउन सफल नायिकाले ‘जुईनो’ नामक उपन्यास वजारमा ल्याएकी छिन् । आयोजीत एक कार्यक्रममा नायिका बरालको उपन्यास ‘जुईनो’ भर्खरै मात्र सार्वजनीक भएको छ । लभस्टोरी भएको ‘जुईनो’ अब पाठकहरुले पढ्न सक्ने भएका छन् । फाइनप्रिन्टद्वारा प्रकाशित पुस्तकको मुल्य रु. २९४ राखिएको छ ।
अभिनेत्री ऋचा शर्मा र लेखक स्वयं बरालले उपन्यास बेरिएको झिलझिले कागज खोलेर उपन्यास लोकार्पण गरे । कृति सार्वजनिक अघि अभिनेत्री शर्मा र लेखक बरालबीच उपन्यासमाथि अन्तरक्रिया भएको थियो । नायिका शर्माले आफूले ‘जुईनो’ ठूलो आस नराखी पढेको र बराललाई अब लेखक भन्दा फरक नपर्ने बताइन् ।

13669141_1059400617478000_5716697519464029230_n
त्यस्तै, नायिका तथा लेखिका बरालले चितवनबाट आएर अभिनेत्री, कृषक हुँदै लेखक बनेको ‘कथा’ सुनाईन् । साथै, लेखिका बरालले कृषिसम्बन्धि अनुभवले नै उपन्यास लेखक बनाएको बताइन् । ‘मेरो उद्देश्य प्रेम लेख्नु थिएन,’ उनले भनिन्, ‘कृषि लेख्नु थियो । पछि उद्देश्य बदलिएर सोच बन्यो, मेरा पात्रहरुले कृषिका कुरा बोलुन् र प्रेम पनि गरुन् । छोटोमा भन्दा, जुइनो प्रेमकथा होइन, कृषि कथा हो ।’
उपन्यासको मुख्य पात्र ‘कथा’ को नामको कथाबारे खोतल्दा बरालले कथा आफ्नो कल्पनाकी छोरीको नाम भएको जवाफ दिइन् । उनी सोच्थिन् ‘मेरो बिहेपछि पहिलो सन्तान छोरी नै हुन्छिन् र उसको नाम कथा राख्नेछु ।’
नायिका बरालले उक्त उपन्यास लेख्दाको अनुभव साट्दै उपन्यास लेख्नु साह्रै गाह्रो काम भएको बताइन् । ‘लेखेर प्रकाशकलाई बुझाइसकेपछि सुरुमा त उहाँहरुले यस्तो उपन्यास छापिँदैन भनेपछि सात,आठ महिना मेहनत गरेर सम्पादन गरेँ । पछि त उपन्यास पढ्दा फिल्मकोजस्तै चित्र आयो भन्नुभयो ।’
यसै पुस्तक सार्वजनीक कार्यक्रमका बीचमा नायिका बरालले आफुलार्ई खुशी बनाएर कथालाई न्याय दिन सक्ने व्यक्तिले प्रस्ताव ल्याए फिल्म बनाउने कुरामा सकारात्मक रहेको पनि बताएकी छिन् । बरालले पाठकहरुलाई आफ्नो उपन्यासबाट ठूलो आशा नराखेर पढ्न आग्रह गरेकी छिन् ।
asdfcasdf
त्यसोत, नायिका तथा लेखिका बराल उनको पहिलो कृति जुईनो को लागी नेपाल फर्केकी हुन् । पछिल्लो फिल्म उनको फिल्म सुपरहीटमा काम गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV