
विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लास्थित तातोपानी, भ्यानपार्क–४ इलाकामा बाढीपहिरोका कारण अलपत्र परेका स्थानीय बासिन्दालाई नेपाली सेनाको हेलिकप्टरद्वारा आज उद्धार गरिएको छ ।
उद्धार गरिएका १९ जनालाई सिन्धुपाल्चोेक जिल्लास्थित तातोपानी, भ्यानपार्क इलाकाबाट सोही जिल्लाको बाह्रबिसेको सुरक्षित स्थानमा सारिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस