३० असार २०७३, बिहीबार

ठूलो परिमाणको रकम फ्रिज हुने सम्भावना बढेपछि पाँचथरको फिदिम स्थित नयाँ शहर आयोजनाले असार १४ मा आठवटा उपभोक्ता समिति गठन गरेर १ करोड २४ लाख रुपैंयाको सम्झौता गरेको छ ।

असार मसान्तभित्रै काम सम्पन्न गर्ने सर्त सहित सम्झौता गरिएका ती योजनाको काम असार १५ देखि शुरु भएका छन । मध्य असारमा सम्झौता गरिएका योजनामा कहिँ तीनवटा स्काभेटर लगाएइको छ भने कहिँ ज्यामी लगाएर धमाधम नालीपेटी निर्माण गरिँदैछ ।

फिदिम २ पल्लोटारबाट जोरसाल जोड्ने सडक स्तरोन्नति (३० लाख रुपैंया ) तुम्देनचोकवाट थाङसाङखोला हुँदै जल्पादेवी जोड्ने सडकको स्तरोन्नति ( १५ लाख ) फिदिम ४ वेलफेयर चिसापानी फलाँटे हुँदै जोरसाल जोड्ने सडक स्तरोन्नति (२५ लाख ) वसपार्कवाट वुलवुले सम्म नाला निर्माण ( १४ लाख ) फिदिम २ वसपार्क स्थित जलकन्यादेवी क्षेत्र परिषर सुधार (१५ लाख ) फिदिम ५ को थाक्ले जाने सडक स्तरोन्नति र र मन्दिर परिषर सुधार (१० लाख ) सशस्त्र क्याम्पवाट फिदिम २ थाङसाङखोलासम्म नाला निर्माण ( ५ लाख )र फिदिम २ स्थित मोटरवाटोमा पर्ने जामुने खोल्सीमा कलभर्ट निर्माण (१० लाख ) छन । नयाँ शहर मात्र नभई फिदिम नगरपालिका मार्फत सम्झौता गरिएका पुतलीचौक फलाँटे केरावारी हुँदै पावर हाउस जोड्ने मोटरवाटो,मझिटे त्रिकोण सडक निर्माण तथा मर्मत र मायालुमोड तिनमौले पात्ले भञ्ज्याङ सडक खण्डमा समेत १५ असारसम्म भ्याइ नभ्याइ स्काभेटर लगाँइदैछ । यस्तै जिविस र जिल्ला प्राविधिक कार्यालय मार्फत सञ्चालन गरी सम्झौता गरिएका डेढ दर्जन वढि योजनाको काम हुन नसकेकाले असार मसान्त सम्ममा आर्थिक र भौतिक प्रगति देखाउने उदेश्यले धमाधम काम गरिँदैछ ।
सम्झौता मितिदेखि १० दिनभित्र काम सक्नुपर्ने उक्त आयोजनामा रातारात ४ वटा स्काभेटर पु¥याइएको छ । आर्थिक बर्ष शुरु भएको एघार महिनासम्म चुपचाप बसेका नयाँ शहर सहित जिल्ला विकास समिति,जिल्ला प्राविधिक कार्यालय,नगरपालिका र गाँउ विकास समिति मार्फत सञ्चालन हुने अधिकांश योजनामा यतिखेर धमाधम स्काभेटर,जेसिविसँगै ग्रेडर र रोलर जस्ता उपकरण लगाइदैँछ । वजेट फ्रिज हुने नदिने उदेस्यले मात्रै आर्थिक बर्षको अन्त्यमा हतार हतार मेसिन लगाँउदा जेनतेन चलिरहेका सडक हिलाम्ये भएर कामै नदिने अवस्थामा पुगेका छन भने सर्वसाधारणले लगाएको बालीनाली र घरमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV