३० असार २०७३, बिहीबार

मुगु जिल्लाको सोरु, करान, खत्याड र गमभेग सहितका १२ वटा दुर्गम बस्ती पहिरोको जोखिममा रहेका छन् । रोवा गाविसको कम्फा, भियालबाडा, बालचौर, भट्टडाडी, सालिम, चराप, फोतु गाविसको रावलबाडा, हयाङलु गाविसको रिघा माग्री गाउँर श्रीनगर गाविसको इमा सदरमुकाम गमगढी बजारको नयाँ रोडमा रहेका बस्तीहरु उच्च पहीरोको जोखिममा रहेको छ ।

गम्था गाविसको लाम्रु र थारा, पिना गाविसको झयारी,गाउँमा पनि बर्षेनी तलबाट पहिरो गएपछि बस्ती नै खतरामा पर्न थालेको छ । तर अन्यत्र जाने कुनै ठाउँ नभएपछि स्थानीयहरु बाध्यताले त्यही बस्नु परेको छ । रोवा गाविसको भियालबाडामा तलबाट पहिरो जाँदै गाउँनै धरापमा पर्न थालेपछि त्यहाँ १६ दलित परिवारको बासस्थान संकटमा परेको छ । कोही घर छोडेर लुम्स बगर छेउमा सर्न बाध्य भएका छन् । बर्षेनी तलबाट बग्दै गएको पहिरो गाउँसम्म पुग्न लागिसकेको कम्फा भियालबाडा गाउँका ३८ बर्षिय नन्दबहादुर नेपालीले बताउँनुभयो । गत बर्ष चराप र बालचौर गाउँका माथिबाट आएको पहिरोले केही घर भत्काएको थियो । यो बर्ष लामो बर्षात भएको खण्डमा पुरै गाउँजोखिममा पर्ने डरत्रासले गर्दा त्यहाँ स्थानीयबासीलाई फेरी चिन्ताले सताएको छ । हयाङलु गाविसको रिघा गाउँका करिव डेढ सय परिवार बर्षेनी उच्च पहिरोको जोखिम छन् । फोतु गाविस रावलबाडा गाउँमा २४ दलित परिवारलाई उत्तिकै संकट ब्यर्होनुपरेको छ । रिघा गाउँमा केही बर्ष अघि माथिबाट पहिरो आउँदा आधा दर्जन घर भत्किएको र मान्छे भाग्न सफल भएपनि गोठभित्रका केही चौपया बस्तु चेपिएको सुकाढिक गाविसका कमल कार्कीले बताउँनुभयो ।
त्यसै गरि श्रीनगर गाविसको इमा गाउँमा सदरमुकाममा निजी तथा सरकारी भवन निर्माणको लागि बर्षेनी ढुंङ्गा निकाल्न थालेपछि बस्ती अझ जोखिममा परेको बताइएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिले उच्च जोखिममा रहेका बस्तीहरुलाई प्राबिधिक मुल्याङ्कन गरि तारजाली नियन्त्रण गर्ने निर्णय गरेको भएपनि कार्यन्वय नभई निर्णयमै सिमिति रहेको स्थानीय जयबहादुर खड्काले बताउँनुभयो ।

तर स्थानीयहरुले भने कुनै अप्रिय घट्ना हुनुभन्दा अघि नै प्रभावकारी कदम चाल्न जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV