
भोटेकोशी नदीको कटान नरोकिएकाले सिन्धुपाल्चोकको बाह्रबिसे तथा तातोपानी आसपासका क्षेत्र अझै पनि जोखिममा छन् ।
तातोपानी, कोदारी र बाह्रबिसे बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । पानी पर्ना साथ नदीको बहाव बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाको सुरक्षा तथा स्थानान्तरण लगायत विषयमा जिल्ला दैवी प्रकोप उद्धार समितिले सरोकारवालाहरुसंग छलफल गरेको छ । दैवीप्रकोप उद्धार समितिको निर्देशन अनुसार अघि बढ्ने सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार भोटेकोशीको बाढीले अहिलेसम्म ७३ वटा घर बगाइसकेको छ । ८७ जनाको उद्धार गरी सुरक्षित ठाउँमा पठाइएको छ ।