३० असार २०७३, बिहीबार

tourist-bus-in-nepalजनकपुरको बसपार्कमा राखिएको एक बस चोरी भएको छ । सवारी धनी रोहितकुमार चौधरीले जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार चोरी भएको बस खोज तलास गरी दिन लिखित उजुरी दर्ता गराएका छन् ।

सवारी धनी चौधरीले दिएको निवेदनमा जनकपुर जटही सडकखण्डमा सञ्चालन हुँदै आएको ना १ ख ९५७९ नम्बरको शुभ यात्रा ट्राभल्सको बस चोरी भएको उल्लेख छ । चौधरीका अनुसार बसपार्कबाट बस सञ्चालनमा ढिलाई भएपछि जनकपुर अञ्चल बस व्यवसायी संघको नियम अनुसार २४ घण्टासम्म कारवाही स्वरुप सो बसपार्कमै राखिएको थियो । बसपार्कबाट बस चोरी भएको थियो ।

प्रहरी उपरीक्षक रामभक्त जोशीले बस चोरी सम्बन्धी उजुरी परेको स्वीकार गरे । उनले घटनाको अनुसन्धान भई रहेको बताए । उनले बस चोरी भन्दा पनि सवारी धनीहरु बीचको आन्तरिक विवादले त्यसो भएको हुन सक्ने आशंका एसपी जोशीले व्यक्त गरे ।

जनकपुर अञ्चल बस व्यावसायी संघका अध्यक्ष मनोज चौधरीले भने बस चोरी नभएको जिकिर गरे । उनले भने, ‘आपसी छलफलबाटै समस्या समाधान हुन्छ ।’कान्तिपुर दैनिकमा खवर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV