३० असार २०७३, बिहीबार

ठगी गर्ने पक्राउ

राजविराज। सप्तरीको मधुपट्टी–९ स्थित बलान खोलाबाट प्रहरीले बुधबार साँझ लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका–२ निवासी २४ वर्षीय उद्धव तामाङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङको साथबाट लुपिजेसिक आठ थान, फिनारगन आठ थान, डाइजेपाम आठ थान बरामद गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

बलान खोलामा तामाङलाई शङ्कास्पद अवस्थामा देखेपछि जाँच गर्ने क्रममा सो लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।

LIVE TV