२९ असार २०७३, बुधबार

आठौं पटक आमरण अनशन बस्नुभएका त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रदै गएको छ । तर यहीबीच भएको सरकार परिवर्तनको प्रक्रियासँगै उहाँको माग कसरी सम्बोधन होला भन्ने अन्योल बढेको छ ।


मुलुकको राजनीति एकाएक सरकार परिवर्तनमा केन्द्रित भएको बेला गत आइतबारदेखि चार बुँदे माग राखेर आमरण अनसन बस्नुभएका टिचिङ अस्पतालका प्राध्यापक डा गोबिन्द केसीको अनसन भने ओझेलमा परेको छ । यस्तो अवस्थामा डा. केसीको अनसन उपलब्धि बिहीन बन्ने आशंका गरिन थालेको छ । उसो त यस अघि पनि सरकार परिवर्तनमा केन्द्रित हुँदा केसीको अनसन ओझेलमा परेको थियो र उहाँले बीचैमा अनसन तोड्न बाध्य हुनुभएको थियो ।
सरकारलाई दबाब दिन भन्दै डा केसीका समर्थनमा रहेका रेजिडेन्ट डाक्टरले बुधवारदेखि कालोपट्टि बाँधेर काम गरेका छन् तर यता सरकार भने आफै लडखडाएको अवस्थामा छ । उसो त हरेक सरकारको पालामा अनसन बस्ने डा केसीको अनसनलाई अहिले बार्गेनिङको संज्ञा दिनेहरु पनि बढेका छन् ।
डा. केसीले प्रस्तावित चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित गर्नुपर्ने मूल माग उठाएका छन् । त्यसैगरी, प्रस्तावित चिकित्सा प्रतिष्ठान संसद्बाट फिर्ता गर्नुपर्ने, विगतमा यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने लगायत चारबुँदे माग पनि यसपटक उहाँको अनशनका एजेण्डा हुन् ।
तर यो पटक भने डा केसी को अनसन  बिबादमा समेत तानिएको छ । यसले गर्दा उहाँको समर्थक समेत घट्दै गएको छ । टिचिङ अस्पताल प्रशानले समेत बिरामीको उपचारमा असर परेको र अस्पताललाई आर्थिक घाटा भएको भन्दै केसीको अस्पतालभित्र अनसनप्रति असन्तुष्टि जनाएको छ ।
अनसनबाटै सबै माग पुरा हुन्छ भन्ने बिश्वास बोक्नुभएका डा केसीको माग अहिले देशको मूल राजनीति नै सरकार परिवर्तनमा केन्द्रित भएको बेला सम्बोधन हुने हो कि होइन भन्ने अन्योल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV