२९ असार २०७३, बुधबार

इंग्लिस क्लव टोटनह्याममा डच स्ट्राईकर भेसेन्ट जान्सेन आबद्ध भएका छन् । जान्सेन चार वर्षका लागि १७ मिलीयन पाउण्ड स्ट्रलिङमा भित्रिएका हुन् ।
नेदरल्याण्डका २२ वर्षिय जान्सेनले सम्पुर्ण स्वाथ्य परिक्षण एवं अफिसियल कार्यविधि सम्पन्न गर्दै बुधबार विहान टोटनह्याममा आबद्ध भएको अन्तराष्ट्रिय माध्यमले जनाएका छन् । उनी १७ मिलीयन पाउण्ड स्ट्रलिङमा चार वर्षका लागी अनुबन्धन भएका हुन् । भेसेन्टलाई फ्रेन्च क्लव पेरिस सेन्ट जर्मन र जर्मन क्लव उल्फजर्गले पनि झिकाउन चाहेको थियो । जान्सेनले आफनो राष्ट्र नेदरल्याण्ण्डका लागी पाच वटा अन्तराष्ट्रिय प्रतियोगीतामा खेलीसकेका छन् । जहाँ उनले तीन गोल गरेका छन् । गत मार्चमा ईल्याण्ड विरुद्धको खेलबाट अन्तराष्ट्रिय खेलमा डेव्यु गरेका थिए ।  टोटनह्यामले यो सिजनमा नया खेलाडी भित्राएको दोस्रो पटक हो । यस अघि साउथह्यामटनका मिड फिल्डर भिक्टोर वान्यामालाई ११ मिलियन पाउण्ड स्ट्रलिङमा भित्राएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV