२९ असार २०७३, बुधबार

बुधबार सुनको भाउ २ सय रुपैयाँ घटेको छ । मूल्य घटेसँगै सुन बुधवार ५८ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सोमबार सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ भने बुधवार पनि स्थिर छ । बुधवार चाँदी ९ सय १५ रुपैयाँमै कारोबार भएको छ । चाँदीको भाउ ९ सय १५ रुपैयाँ २ वर्ष ९ महिनायताकै महँगो हो । अन्तर्रा्ष्ट्रिय बजारमा चाँदीको मूल्यमा ठूलो वृद्धि देखिएकाले सोअनुसार मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बेलायत युरोपियन युनियनबाट बाहिरिएपछि महँगिएको सुनचाँदीको भाउ घट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV