२९ असार २०७३, बुधबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० ले ‘अनेसास नेवरत्न सम्मान’ कलाकार वसुन्धरा भुसाल, डा बेटी बज्राचार्य र लीला लुइँटेललाई प्रदान गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यहाँ आज आयोजित कार्यक्रममा रु २१ हजार राशिसहितको सो सम्मानबाट ती स्रष्टालाई सम्मानीत गर्नु भयो ।

त्यसैगरी अनेसास बेस्ट पुस्तक पुरस्कारबाट साहित्यकार प्रा राजेन्द्र सुवेदी, विजयध्वज थापा, ललिता दोषी, रामप्रसाद सुवेदी, सरु सुवेदी र पत्रकार खेमबहादुर भण्डारी पनि सम्मानीत हुनु भएको छ । अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न समारोहमा सर्जक शेखर ढुङ्गेलको नवीनतम कृति ‘माटोको सुगन्ध’ को पनि लोकार्पण भएको थियो ।
कृतिको समीक्षा समालोचक लीला लुइँटेलले गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV