२९ असार २०७३, बुधबार

अमेरिकामा सवारी दुर्घटनामा निधन भएका नेपाली बैज्ञानिक किरण लामिछानेको सम्झनामा नेपाली काँग्रेस गोरखा ले श्रदाञ्जलि सभाको आयोजना गरेको हो ।नेपाली काँग्रेस गोरखा का सभापति हरी बहादुर घले  बी. पी. चिन्तन प्रतिष्ठान गाेरखाका सभापति युबराज बस्ताकाेटी नेका गोरखा  पुर्व सचिब सुकदेव दवाडि, नेकपा माअाेबादी केन्द्र जिल्ला नेता दिपक देबकाेटा लगायत अन्य सहभागीहरुले श्रदाञ्जलि अर्पण गरेका थिय।भने स्व . किरण लामिछानेका पिता राम प्रसाद लामिछानेले उनकाे जीबनी बताउनु भएकाे थियाे ।श्रदाञ्जलि सभा बालाजु माछापोखरिमा भएको थियो ।

13672377_1089923547769169_2135367668_n

मिजौरीको कोलम्बियामा मदिरा सेवन गरेर सवारी चलाएका एक अमेरिकनले चलाएको गाडीले ठक्कर दिँदा लामिछानेको निधन भएको थियो ।

किरणको असामयीक निधनमा अमेरिकाभरि रहेका नेपालीहरुले दुख व्यक्त गरेका छन् । नेपाली समाजले प्रतिभाशाली नेपाली बैज्ञानिकलाई गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका हुन् ।

लामिछाने नेपालमा छँदादेखिनै निकै प्रतिभाशाली व्यक्तिका रुपमा चिनिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तकर गरेका किरणले अमेरिकाबाट पिएचडी गरेका हुन् ।नेपालमा छँदा बिभिन्न कलेजहरुमा अध्यापनका साथै राष्ट्रिय योजना आयोगमा रहेर पनि काम गरेका लामिछाने अमेरिकामा ‘रिसर्च साइन्टिस्ट’ का रुपमा कार्यरत थिए । उनका पत्नी, पाँच वर्षिया छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV