२९ असार २०७३, बुधबार

हाम्रो फिल्म ईन्डष्ट्रि पनि अचम्मको छ भन्दा फरक नपर्ला,सन्दर्भ फिल्म रीलीजको । कुनै साता फिल्महरु रीलीज नै हुदैनन् त कुनै साता एकै पटकमा धेरै फिल्महरु प्रदर्शनमा आउँने गर्दछन् । त्यसोत, पछील्लो जानकारी अनुसार आउँदो भदौको १७ गते बाट पाँच फिल्महरु ब्रासलेट,लालजोडी,बृन्दाबन,द विनर र स्काउट एकै साता रीलीजको तयारीमा रहेका छन् ।

sarad
फिल्मका निर्माताहरुले यसरी एकै साता पाँच पाँच वटा फिल्महरु रीलीज गर्दा चर्को प्रतिस्पर्धा हुनु त एका तिर छनै । यसरी एकै साथ रीलीजमा आउँदा राम्रा फिल्महरुले पनि आफ्नो दर्शकहरुलाई घुमाउनुपर्ने स्थीती सिर्जना हुन्छ । साथै दर्शकहरु पनि आफ्नो रोजाईको फिल्म हेर्नलाई अलमलमा पर्नसक्नेछन् ।
भदौको १७ बाट पाँच पाँच वटा फिल्महरु रीलीज हुदैछन् भन्ने सन्दर्भमा निर्माता संघका महासचिब तथा ब्रासलेट फिल्मका निर्माता केशब भट्टराईकानुसार भदौको १७ सम्भवत पाँचै वटा फिल्महरु प्रदर्शनमा नआउने बताउँछन् । निर्माता संघले रीलिजको समस्या समाधानको लागि पहल गर्ने उनि बताउद छन । निर्माता संघको सव्रmीयता केही हदसम्म घटेको कुरा स्वीकार्दै आगामी दिन यस्तो स्थीति नआउने स्थीति सृजना गर्नु पर्ने उनको तर्क रहेकोछ ।
प्राय सबै निर्माताहरुले राम्रो रीलिज डेट लाई आफुले धेरै महिना पहिले देखि नै तोक्दै आएको बताउँने गरेका छन । त्यसोत निर्माता केशब पनि उक्त कुरा बताउद छन् । उनको आफ्नै फिल्म ब्रासलेट पनि उक्त रीलिज डेटमा रीलिज हुदैछ, त्यैसैले अरुलाई फिल्मको लागि आग्रह गर्न अप्ठेरो भएको उनि बताउद छन । फिल्मका निर्माताहरु सबैले समन्वय गरेर अघि बढ्नु पर्ने पनि बताएका छन् ।
vlcsnap-2016-07-13-14h10m01s952
निर्माता संघका महासचीब तथा ब्रासलेट फिल्मका निर्माता भट्टराईले भदौको १७मा पाँचै वटा फिल्महरु रीलीज नहुने बताउँदै गर्दा अन्य फिल्मका निर्माताहरुले सोही मितीमा आफ्नो फिल्महरु फाईनल गरीएको बताउँछन् । त्यस्तै बृन्दाबन फिल्मका निर्माता रुद्र खनालले पनि आफुले भदौको १७ लाई रीलीज ढेट तोकिसके पछि अन्य निर्माताहरुले सोही ढेटमै आफ्नो फिल्म सँग जुधाउन आएको गुनासो पोखेका छन् ।
vlcsnap-2016-07-12-13h08m28s603
भदौको १७ कै जस्तै स्थीति साउन २१ मा पनि हुदै छ । साउन २१मा पनि तिन फिल्महरु भिड्दै छन । यसरी कुनै साता फिल्म नलाग्ने कुनै साता धेरै फिल्म लाग्नु वा लगाउनको लागि पहल गर्नु लाई फिल्म प्रदर्शनको अबस्थालाई प्रतिबिम्बीत गर्दछ । फिल्म हतारमा जुन पायो त्यही हलबाट प्रदर्शन गर्नु भन्दा पनि मिलेर पालो पालो प्रदर्शनको ब्यबस्था फिल्मका अगुवा हरुले गरेमा एकातिर अस्वच्छ प्रतिस्पर्धाको मारबाट निर्माता त जोगिन्थे नै र फिल्म हेर्न आउने दर्शकलाई पनि फिल्म बारे कन्फ्युज हुने थिएनन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV