२८ असार २०७३, मंगलवार

जिल्ला पशुसेवा कार्यालय म्याग्दीले उत्कृष्ट पशुपालक कृषकलाई सम्मान गरेको छ । चालु आर्थिकबर्षमा जिल्लाभर रहेका पशुसेवा केन्द्रको स्थलगत अनुगमन तथा मापदण्ड अनुसार पशुपालनमा सक्रिय रहेका कृषकको मुल्याङकनको आधारमा सम्मान गरिएको हो ।
सम्मानित हुनेमा गाईभैसीपालन तर्फ बनी नगरपालिका १३ का पशुपालक मनबहादुर केसी प्रथम,शिख–४ का प्रेमबहादुर पुन द्धितिय, बेनीनगरपालिका– ८ का फुलु पौडेल तृतिय र बेनीनगरपालिका –८ कै कमल पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी  भेंडाबाख्रापालन तर्फ बेगखोला–२ का विमल फगामी प्रथम, दरवाङ–२ की कल्पना खत्री द्धितिय, बेनीनगरपालिका– १२ की रश्मी भण्डारी कुँवर तृतिय र बेनीनगरपालिका –६ का सुर्य बरुवालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृत हुने कृषकलाई प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्य, पशुसेवा कार्यालयका प्रमुख डा. दयाराम चापागाई लगायतले नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्नुभभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले पशुपालनमा जिल्ला आत्मनिर्भर नजिक रहेकाले आयात हुने हरेक क्षेत्रमा आत्र्मनिभर आवश्यक रहेको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV