२८ असार २०७३, मंगलवार

बिरामी हुने बित्तिकै धेरै नेताहरु सुविधासम्पन्न निजी अस्पताल पुग्ने कि त विदेश जाने परिपाटी छ । बिशिष्ट ब्यक्ति बिरामी हुँदा नेपाली चिकित्सकले उपचार गर्ने अवसर पाउदैनन विदेश तिरै कुदाइहाल्ने परिपाटी छ । यसले नेपालको स्वास्थ्य क्षेत्र मै प्रश्न उठिरहेको बखत नेपाली डाक्टरहरु पनि सक्षम छन् भन्ने गतिलो उदाहरण डा शशांक कोइरालाको उपचारमा देखिएको सफलताले पनि प्रष्ट पारेको छ ।
शसांक कोइरालालाई याक्सपिरेसंस निमोनिया भएको थियो भने  सेप्टिस शरीरमा इन्फेक्सन फैलिएर रगत सम्म पुगेको अवस्था थियो । यस्तो अवस्थामा बिरामीको बच्ने सम्भावना १० प्रतिशत मात्र हुन्छ तर नेपाली चिकित्सकहरुले शंशाक कोइरालालाई बचाएर नेपालको चिकित्सा क्षेत्र सक्षम् छ भन्ने प्रमाण पेश गरेका छन् । नेता र बिशिष्ट ब्यक्तिहरु नै स्वास्थ्यमा समस्या आउने निजी अस्पताल जान्छन् । केही दिनको  उपचार गराएपछि थप उपचारको लागि भन्दै विदेश कुद्छन् ।  चकित्सकहरुका अनुसार  विदेशमा हुने धेरै उपचार नेपाल मै सम्भव छ ।
निजी अस्पतालमा रहेका सबै डाक्टर र विशेषज्ञहरु बिर अस्पतालका उत्पादन हुन् । बिर अस्पतालमा बिशिष्ट ब्यक्तिहरुको उपचारको लागि सुबिधा सम्पन्न भिभिआइपि कक्ष र भिआइपी उपचार कक्ष पनि छ तर नेता र बिशिस्ट ब्यक्ति ले नै देशको स्वास्थ्य सेवालाइ  बिस्वाश नगर्दा नजिकको तीर्थ हेला झै बन्दै आएको छ । सबै रोगको उपचार गर्न सक्ने प्रविधि र दक्ष जनशक्ति नेपालमा उपलब्ध हुँदै गएको छ र यति मात्र नभई सुलभ  र विश्वासिलो भएको कारणले आँखा सम्बन्धि रोगको उपचारको लागि अन्य मुलुकबाट नेपाल आउनेको संख्यामा वृद्धि भएको छ । विज्ञान प्रविधिको युग भएकै कारण विश्वसामु निकै चुनौतीका रुपमा देखा परेका रोगहरुको पनि उपचार सहज हुन थालेको छ । नेपालमा पनि आधुनिक प्रविधि भित्रिइसकेको छ भने दक्ष जनशक्ति पनि उत्पादन भएका छन् ।  अब सानो उपचारका लागि पनि विदेशिने नेताको परिपाटीलाइ बन्द गरिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV