२८ असार २०७३, मंगलवार

sgvbdfvd

पछिल्लो समयमा प्रबिधिहरुको बिकास सँगै फिल्मका निर्माताहरुले यसै प्रबिधि र साईन्स सँगै जोडिएर फिल्महरु पनि निर्माण गर्न सुरु गरेका छन् । त्यस्तै,आउँदो भदौको १७ गते बाट दर्शक सामु प्रदर्शनमा आउँदै गरेको फिल्म ‘बृन्दाबन’ पनि रीभेन्ज सँगै साईन्स र फिक्शनमा आधारीत रहेको निर्माण पक्षले बताएका छन् । साथै फिल्म फिमेल ओरीन्टेढ रहेको छ ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा ‘बृन्दाबन’लाई रुद्र खनाल र कमल जीसीले निर्माण गरेका हुन् । पछिल्लो समयमा फिल्मका निर्माताहरुको रोजाईमा एउटै रीलीज डेट पनै जाँदा एकै समयमा धेरै फिल्महरु प्रतिस्पर्धात्मक रुपमा दर्शक माझ प्रदर्शनमा आउने गरेका छन् । यहि भदौ १७ गते पनि फिल्म ‘बृन्दाबन’सँगै अन्य चार फिल्महरु दर्शक सामु प्रस्तुत हुदैछन् । ‘बृन्दाबन’फिल्मका निर्माता रुद्र खनालका अनुसार फिल्म यसरी जुधाउने प्रथाले राम्रो फिल्महरु पनि नचल्ने गुनासो गरेका छन् । फिल्म ‘बृन्दाबन’अन्य चार । फिल्महरु सँग सँगै प्रदर्शनमा आए पनि आफ्नो फिल्म अन्य फिल्महरुको तुलनामा भिन्दै रहेको हुनाले दर्शकहरुले मन पराउने निर्माता खनाल बताउँछन् । निर्माता खानलकानुसार ‘बृन्दाबन’ फिल्मको पब्लिसीटि सहीत करीब ६५ लाख खर्च भईसकेको बताउँछन् । साथै, फिल्मको ३५ प्रतिशत लागत फिल्मको बिदेशमा प्रदर्शनको अधिकार र डिजीटल अधिकारबाट उठिसकेको निमार्ता खनाल बताउँछन् ।
sadfvsdvd
अन्य फिल्महरुको बीचमा भिन्दै कथाबस्तु प्रस्तुत गर्ने फिल्म ‘बृन्दाबन’लाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । फिल्मलाई बाँके,बर्दिया र कैलाली जिल्लाकोे विभिन्न ठाँउहरुमा छायाङकन गरीएको छ । साईन्स फिक्शनका साथै एनिमेटेड फिल्म हरेको हुनाले ‘बृन्दाबन’ फिल्ममा निकैनै मिहेनत गरेको निर्देशक राज बताउँछन् । साथै आफुले निर्देशन गरेका फिल्महरुको तुलनामा निकै होमवर्क गरेको निर्देशक राजले बताउँदै फिल्मकी लीड नायिका शील्पा पोखरेलको एक्शनलाई मध्येनजर गर्दै फिल्म नारी प्रदान रहेका पनि बताए ।
asdfds
फिल्ममा बाँदरको अभिनयलाई पनि प्रस्तुत गरीएको छ । जस्मा बाँदरले कम्युटर चलाउँदै गरेको दृश्यलाई पनि देख्न पाईने भएको छ । फिल्ममा शिल्पा पोखरेल,किशोर खतिवडा र दिपेन्द्र जीसी लगाएत कलाकारहरुको अभिनय रहेको छ । यसै फिल्म ‘बृन्दाबन’बाट कलाकार दिपेन्द्र जीसी पनि फिल्म ईन्डष्ट्रिमा करीयर सुरु गरेका छन् । फिल्मको लेखन पनि निर्देशक राजले नै सम्हालेका हुन् ।

LIVE TV