
सहमतीय सरकार गठनका विकल्पबारे छलफल गर्न माओवादी केन्द्र आजपनि आन्तरिक छलफलमा व्यस्त रहेको छ ।
बैठकमा सहमतिय सरकार गठन, एमालेसँगको नौं बुँदे सहमति लगायतका विषयमा छलफल गरी सरकारलाई दिएको समर्थनमा पुनविचार गरिने बताइएको छ । माओवादी केन्द्रको हिजोको बैठकमा नेताहरूको दुईथरी मत आएको थियो । सरकारमा सहभागी नेताहरूले ओली नेतृत्वको सरकारको विकल्पमा बन्ने राजनीतिक समीकरणमा पार्टीले उठाउँदै आएको एजेन्डा सम्बोधन हुने विश्वासको वातावरण पहिले आउनुपर्ने धारणा राखेका थिए । त्यस्तै सत्ता बाहिर रहेका माओवादी नेताहरुले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका थिए । ०००