
गैर आवसिय नेपाली संघ अष्ट्रियाले ग्राज शहरमा १३ सदसीय क्षेत्रीय शाखा डा. अमृत पौडेलको अध्यक्षतामा गठन गरेको छ ।
गैर आवसिय नेपाली संघ अष्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा , अन्तराष्ट्रिय महिला संयोजक सपिला राज भण्डारी, सहसंयोजक रजनी प्रधानको आतिथ्यमा अष्ट्रियाको ग्राज शहरमा क्षेत्रीय शाखा गठन गरेको छ ।
उक्त १३ क्षेत्रीय समितीमा उपाध्यक्ष युवराज सुवेदी, सुयस पौडेल महासचिवमा सुजन पौडेल, सचिवमा सिन्धु खड्का, कोषाध्यक्षमा किरण महर्जन तथा सदस्यहरुमा मदन ओली, डाइमण्ड राई, कर्मा सिङी लामा, रकम सिं लामा, मोहन प्रताव राणा, कुमिर घर्ति मगर र कृष्ण खत्री रहेका छन् भने सल्लाहकारहरुमा हुम हमाल, कृष्ण कुमार श्रेष्ठ तथा स्याम कुमारी युङलाई चयन गरेको छ । उक्त सभाले महिला सेल ग्राज पनि चाडै नै बैंठक गरि गठन गर्ने निर्यण गरेको छ ।
ग्राज शहरमा वसोवास गर्नु हुने नेपालीहरुलाई आवश्यक परेको सहयोग तथा भै परि आउने संकटको समयमा सहयोग संकलन गर्न होस् वा त्यस ठाउँ र क्षेत्रमा गैर आवसिय नेपाली संघ अष्ट्रियाले कार्यानवयन गर्न ढिलो भएमा क्षेत्रीय शाखाले छिटो भन्दा छिटो समयमा कार्यानवयन गर्न सक्ने र मुख्य समितिले शाखाहरुलाई कार्य विभाजन गरिदिदा मुख्य तथा अन्य महत्वपुर्ण योजनाहरुमा ध्यान र समय दिन सकिने गैर आवसिय नेपाली संघ अष्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा बताउनु हुन्छ । उक्त बैठकमा गैर आवसिय नेपाली संघ अष्ट्रियाका युवा संयोजक सुर्य पौडेलको पनि उपस्थति रहेको थियो ।