२८ असार २०७३, मंगलवार

काठमाडौं । नवनियुक्त प्रधानन्यनयनधीश सुशीला कार्कीले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाइ प्रहरीले पक्रन नमानेको बताएकी छन् ।

supreme-court-justice-Sushila-karki-11212
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानन्यायाधीशमा नियुक्ति सपथ लिएपछि कार्कीले सोमबारै सर्वोच्चमा पद बहाली गरेकी छन् ।

न्यायालयमा भएका फैसला कार्यान्वयन नहुँदा दण्डहीनता बढेर कानूनको शासनमा चुनौति खडा भएको भन्दै सञ्चाकर्मीले राखेको प्रश्नको जवाफ दिने क्रममा कार्कीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
जहाँसम्म त्यो नेता (ढुंगेल) का विषयमा तपाइहरुले सोध्न खोज्नुभएको होला ।

न्यायाधीहरु गएर पक्रने कुरा भएन । पुलिसलाइ भन्यो पक्रँदैन । कार्कीले भनिन् हामी भेट्दैनौं । यो कुरा नगर्नुहोला मैले तपाइहरु (पत्रकार) लाइ पहिल्यै बाँधे । यसबारे अरु थप नसोध्नुस् ।

कार्कीसमेत संलग्न सर्वोच्च अदालतको संवैधानिक इजलासले गत पुस २३ गते द्धन्द्धकालको एउटा हत्या घटनामा मुछिएका ढुंगेललाई कैदबाट माफी दिने गरी मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष गरिएको सिफारिस खारेज गरेको थियो । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV