२८ असार २०७३, मंगलवार
  • गणेश पाण्डेय /दिपक खतिवडा, पोर्तुगल।

प्रवासी नेपाली मंच पोर्तुगलले अनुशासनहिन र नैतिकता नभएका एनआरएनकर्मीहरुलाई राजीनामा दिन माग गरेको छ ।आर्थिक अनियमितता, भ्रष्टाचार र नैतिकताको सवालमा प्रश्न उठाउदै मंचले आरोपितहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दाबी गरेको छ। एनआरएनले महिनौदेखि विवादित आर्थिक कारोबार विवरण देखाउन सकेको छैन ।

13652713_10154308144291944_1468208432_n

त्यस्तै केहि पदाधिकारीहरु बारम्बार गुण्डागर्दी शैलीमा प्रस्तुत भएका छन् भने कहिले पत्रकारलाई ज्यान मार्ने धम्कि दिएका छन् । जिम्मेवार एनआरएनकर्मीमध्येकाले फिलिपिनी युवतीसँग स्काइपमा अनैतिक चर्तिकला देखाएको भिडियो ती युवतीले युट्युब मा अपलोड गरिदिएपछि एनआरएनभित्र रडाको मच्चिएको छ । ति युवतीले अनैतिक चर्तिकलाको भिडियो लाई ब्लाकमेलिङ्ग गर्न प्रयोग गरेको र मोटो रकम असुल गरेको श्रोतको दाबी छ। अनैतिक भिडियो सार्बजनिक भएका एनआरएनकर्मी का साथै यहाका विभिन्न संस्थाका पदाधिकारीहरुको समेत सो काण्डमा मुछिएको र उनीहरुले फिलिपिनो युवतीलाई वेस्टर्न युनियन र मनिग्राम मार्फत मोटो रकम पठाएपछि सो अनैतिक भिडियोहरु युट्युब बाट हटाईएको बिशेष श्रोतबाट खुल्न आएको छ।यसै विषयलाई घुमाउरो पारामा विज्ञप्तिमा उल्लेख गर्दै उनीहरुको राजीनामा माग गरिएको हो ।

विज्ञप्तिको पूर्ण पाठ :

प्रेस विज्ञप्ति आफ्नो भबिष्यलाई सुनौलो बनाउन र जीवन स्तर लाई उच्च बनाउन अबसर हरु खोजी गर्दै जाने क्रममा नेपाली हरु को बसाइँ बिश्व का विभिन्न देशहरु मा जस्तै पोर्तुगलमा पनि बिगत 1996 देखि रेहेको छ । नेपाली हरु को बसाई को बिस्तार सङै बिगत 2006 मा यहाँ गैर आबासिय नेपाली संघ पोर्तुगल को स्थापना भएको थियोे । विभिन्न आरोह अबरोह पार गर्दै आएको यस सस्थाको बर्तमान नेतृत्व पङ्ती उम्मेद्बारी दर्ता सङै बिबादित बन्न पुगेको थियोे सामाजिक रुपमा सामाजिक एकतालाई बलियो बनाउनु पर्दछ भन्ने हाम्रो संगठनको सकारात्मक धारणाका कारण र पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्नको निमित्त सबै कि एकमना एकता आबस्यक छ भन्ने सोचका साथ हामिले केहि खुकुलो बन्ने सोच बनायौ । दूतावासका लागि नेपाल मा हाम्रो संगठन को तर्फ बाट र संयुक्त डेलिगेसन हरु जाने काम हाम्रो संगठनको तर्फ बाट भयो ।यस्ता सकारात्मक काम का लागि हामी ले सहयोग गरिरहदा त्यहाँ भित्रका बिकृती हरु लाई पनि आँखा चिम्लेर सहयोग गर्न सकिदैन र यहाँ को समाज को आगाडी हार्म्रो धारणा स्पष्ट पार्न चाहन्छौ ।

बर्तमान नेतृत्व निर्बाचित भएको एक बर्ष पनि नपुग्दै यो नेतृत्व पंक्ति भित्रका धेरै जसो ब्याक्ती हरु यो वा त्यो कोणबाट बिबाद मा फसिरहेका छन । बिगतको समिती बाट करिब 20 हजार 7 सय युरो बझ बुजारत बाट लिएको रकमको र अन्य हर हिसाब अफै ले बिज्ञप्ति निकालेर यति समय भित्र बाहिर ल्याउछौ भन्ने तर आन्तरिक बैठक मा समेत ल्याउन नसक्ने अवस्था उत्पन्न भएको छ । बिगत 2015 अक्टोबर 6 गते का दिन मनोनीत गरिएका सदस्य र सल्लाहकार हरु लाई अहिले सम्म पनि बैठक मा बोलयर जानकारी गराइएको छैन । बाहिर सन्चार माध्यम मा विभिन्न खाल का आरोपहरु लागि रहदा पत्रकार लाई धमकाउने तर बौद्धिक तर्कका साथ खण्डन गर्न नसक्नु आफै मा लज्जा जनक छ भने नैतिक आचरण मा समेत बिचलन का आरोप हरु बहिर आइ रहेका छन यस्ता बिबिध खालका आरोपितहरुले पद भार ग्रहण गरि रहनु आफै मा लज्जाजनक छ त्यसैले नैतिकताको आधारमा आरोपितहरुद्वारा राजिनामा गर्न हाम्रो संगठन जोड दार माग गर्दछ ।

गोबिन्द पौडेल निराजन सुवेदी अध्यक्ष महासचिव

प्रतिक्रिया दिनुहोस्
LIVE TV