२७ असार २०७३, सोमबार

गाई भैसी र कुखुराको क्षमता अभिवृद्धिका लागि दिइने औषधिले मानव स्वास्थ्यमा प्रतिकुल असर, विरामी हुँदा दिइने औषधिले समेत छुन् छोड्यो

बच्ने कता कताबाट हो ? खाद्य पदार्थबाट नै जोगिनु पर्ने मानव स्वास्थ्यका लागि खतराको अर्को पाटो पनि सामुन्ने आएको छ । यसैक्रममा गाई भैसी कुखुरालाई दिइएको बिभिन्न औषधिले पनि मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको रहस्य पत्ता लागेको छ । त्यही औषधि प्रयोग गरेको गाई, भैसी र कुखुराको दूध र मासु मार्फत मानव शरीर कुनै रोग लाग्ने वित्तिकै हाइडोजको एन्टिबायोटिकले समेत छुन नसक्ने अवस्थामा उत्पन्न भएको छ ।
दूधको मात्रा बढाउन गाइभैसीलाई  दिने अक्सिटोसिनले जनावरको आयु घटाउने त निश्चित छ नै । तर त्यो दुध सेवन गर्दा मानब स्वास्थ्यलाई पनि गम्भीर असर गरिरहेको छ । यस्तो औषधि प्रयोग गरिएको गाई भैसीको दूधबाट किशोरीहरुमा कम उमेरमा महिनावारी हुने लगायत मोटोपन बढाउने हर्मोनमा गडबडी गराउने हुन्छ । त्यस्तै पोल्ट्री फार्ममा कुखुरालाई छोटो समयमै अस्वाभाविक रूपमा बढाउन र चाँडै अण्डा पार्ने बनाउन औषधिको रूपमा ग्रोथ हर्मोन दिइन्छ, जुन अन्ततः मासु र अण्डा प्रयोग गर्नेहरुको पेटमा पुग्छ । जस्ले गर्दा आवश्यकताभन्दा चाँडो शारीरिक वृद्धि हुँदा सामान्यतया अधबैंसे भएपछि मात्र देखिनुपर्ने उच्च रक्तचाप, मधुमेह, हृदयघात जस्ता रोग किशोरावस्थामै लाग्न थालेको चिकित्सकहरू बताउँछन् । थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगबाट बचाउन गाइ भैसीको दुध बढाउन  मापदण्डभन्दा बढी औषधि प्रयोग भएको हुनाले समस्या आएको पशुविज्ञको ठहर छ । पशु स्वास्थ्य निर्देशनालयले समुचित ऐन नबनाउदा यो अवस्था आएको भन्ने निष्कर्ष पनि पशुविज्ञहरुको छ ।
स्वार्थी बन्दै गइरहेको बजारको यो एउटा घिनलाग्दो नमुना हो । व्यवसायीमा देखिएको गैर जिम्मेवारीप्रति अब उपभोक्ता नै सचेत हुन आवश्यक भइसकेको छ भने सरकारी तथा सरोकारवाला निकायहरुबीच पनि समन्वय हुन आवश्यक देखिएको छ ।

LIVE TV