२७ असार २०७३, सोमबार

पोर्न स्टार बाट बलिउड फिल्म ईन्डष्ट्रिमा पाईला टेकेकी सनी लियोनी भन्छिन्, फिल्ममा काम गर्नको मतलब यो होईन की सँधै फिल्म इन्डष्ट्रिमा टिकीरहनु । नायिका सनी २०११ को रिअलिटि शो बिग बोसको सीजन ५ हुदै पहिलो पटक जिस्म २ मा फिल्म ईन्डष्ट्रिमा करीअर सुरु गरेकी थिईन् । नायिका सनीलाई लाग्छ, मनोरञ्जन उद्योगका प्रत्येक ब्यक्ति त्यस क्षेत्र बाट निस्कीएर अन्य क्षेत्रमा पनि काम गर्नुपर्दछ ।

articles104-107
सनी भन्छिन्,“म सँधै फिल्ममा काम गर्दिन । यदि तपाई ब्यापारी या मनोरञ्जनका एक सफल ब्यक्ति हुन चाहनुहुन्छ भने हरेक सम्भावीत योजनाहरु खोज्नुपर्छ । मेरो लागी फिल्मको शिशिला सँधै रहिरहँदैन । अन्त्य हुन्छ ।”
नायिका सनी लियोनीले जिस्म २ पछि अन्य फिल्महरु रागीनी एमएमएस २,ज्याकपट, एक पहेली लिला, वान नाईट स्टेण्ड लगाएतका फिल्महरुमा काम गरीसकेकी छिन् । त्यस्तै पछिल्लो समयमा शाहरुख खानको आगामी फिल्म रईस मा पनि एउटा आईटम डान्स गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV