२७ असार २०७३, सोमबार

सरकार परिवर्तनको बिषयलाई लिएर नेकपा माओवादी केन्द्रको बैठक अहिले बसिरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा जारी बैठकमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने बिषयमा नेताहरुबीच छलफल चलिरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ् ।

Maoist-Leader

एमाले अध्यक्ष्ँ केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने बिषयमा पनि केन्द्र भित्र बिवाद देखिएको छ । माओवादीका तर्फबाट सरकारका सहभागी मन्त्रीहरु यहि सरकारलाई निरन्तर्ता दिनु पर्ने भन्दै आएका छन् भने अन्य माओवादी नेताहरु एमालेले नौ बुद्धे सहमति कार्यान्वयन नगरेको भन्दै सरकारबाट फिर्ता हुनुपर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV