
विगत करिब एक दशक देखि सुचना प्रबिधि पेशामा आवद्द सिड्नीको एउटा आइटी कम्पनीमा काम गर्दै गरेका निर्मल ज्ञवालीको वेब डिजाइनिंग सम्बन्धि टिप्स यस्तो छ ।
तपाइँ इन्जिनीयर, डाक्टर हुनुहुन्छ या कलाकार, संगीतकार या एउटा साधारण मान्छे, हरेकमा केहि न केहि प्रतिभा अवश्य हुन्छ र हरेक मान्छेले त्यसलाई कुनै न कुनै रुपमा बाहिर ल्याउन चाहन्छ । तपाइँले देखि रहनु भएका र दिनहु चलाउने राम्रा राम्रा वेबसाइटहरु मात्र एक कम्प्युटर इन्जिनीयरका उत्पादन पक्कै होइनन, ति त फरक फरक विधाका श्रीजनात्मक व्यक्तिहरुका सोचका प्रतिफल हुन् ।
श्रीजनातामक व्यक्तिहरुको सोच पोख्ने प्रमुख थलो र आकाशिदै गरेको इन्टरनेटको प्रयोगले गर्दा आजकल वेबसाइट बनाउन चाहानेहरुको जमात बढ्न थालेको छ । र त्यसमा पनि कति जनाको लागि वेबसाईट आमदानीको श्रोत, कतिको रहर र कति व्यक्तिहरूको व्यावसायिक रुपमा नै वेबसाईट बनाउने सोचले गर्दा आजकाल वेब डिजाइन सिक्न चाहानेहरु पनि उत्तिकै छन् । आज त्यहि वेबसाइट बनाउन कसरि सिक्ने भन्ने बारेमा चर्चा गर्दै छु ।
के गर्ने सोचले मात्र एउटा साईट बनाउन सकिदैन त्यसको लागि सिपको आवश्यक हुन्छ । यदि तपाई व्यक्तिगत प्रयोगको लागि वा इन्टरनेट डायरी मात्र लेख्ने सोच बनाउनु भएको छ भने त इन्टरनेटको बाजारमा उपलब्ध नि:शुल्क ब्लग साईटहरु मार्फ़त बनाउन पनि सक्नु हुन्छ, तर तपाईको सोच व्यावसायिक रुपमा नै निर्माण गर्ने हो भने तपाईले धेरै कुराहरु सिक्नु पर्ने हुन्छ ।
अब धेरै प्रश्नहरु आउन सक्न्छ्न, सिक्न त सिक्ने, तर कहाँ गएर सिक्ने? कसरी सिक्ने? कति समय लाग्छ? कति पैसा खर्चिनु पर्छ ? यस्तै यस्तै अनेकौ प्रश्नहरु मैले फ़ोन र ईमेल मार्फ़त दिनहु प्राप्त गर्ने गरेको छु । धेरैको जिज्ञासा हुने गर्छ कि मलाई तपाइले जत्तिकै साइट बनाउन सिक्न कति समय लाग्छ? त्यो एउटा सिक्ने व्यक्तिमा भर पर्ने कुरा हो । सिक्न चाहाने व्यक्तिको चहाना र त्यस प्रतिको उसको लगाबले नै यसको निर्धारण गर्छ । तपाइँहरुलाई थाहा छ सिक्नका लागि संसारमा यति धेरै कुराहरु छन् कि हाम्रो एउटा जिन्दगि काफी कहिले हुनै सक्दैन, कुरा हाम्रो आवश्यकता र चाहाना को हो । सबैको गन्तब्य एउटा हुन सक्दैन, आफुलाई कहाँ पुग्नु छ त्यहि अनुसार तपाइले लगानी गर्नु पर्ने हुन्छ । यहाँ लगानी भन्नाले पैसाको मात्र कुरा गर्न खोजिएको होइन, त्यो तपाइँको समयको लगानी हुन सक्छ, दिमागको लगानी हुन सक्छ । कुनै पनि कुरा सिक्नका लागि धेरै कुराको त्याग गर्नु पर्ने हुन्छ र यदि सिक्नु नै छ भने त्यसको लागि तयार पनि हुन सक्नु पर्छ ।
अब कसरि सिक्ने भन्ने कुरा गरौ, पहिलो कुरा त तपाइँ के को लागि सिक्दै छु भन्ने कुरामा स्पस्ट हुनु आवश्यक छ । यदि तपाइँको सोच वेब साइट बनाउन सिकेर आफ्नो व्यक्तिगत साइट मात्र बनाउनु हो भने धेरै परिश्रम गर्नु नपर्ला तर तपाइँको सोच पेशागत रुपमा नै अरुको लागि साइट निर्माण गर्ने हो भने तपाइको सिकाइ जिन्दगि भर नै चली रहन पनि सक्छ । त्यसको लागि तपाइले मात्र शुरु गर्नु पर्दछ, बाकीं सिक्ने काम समय र परिस्थितिले सिकाउदै लैजान्छ ।
साधारण तया व्यवसायिक रुपमा काम गर्नेहरुको पनि दुइ वटा बाटाहरु हुने गर्छन, कुनै आइटी कम्पनिमा जागिर खाने वा स्वतन्त्र रुपमा घरमै बसेर फ्रील्यान्सिंग गर्ने । तपाइँलाइ लाग्न सक्छ कुरा एउटै-एउटै त हो नि, देख्दा एउटै जस्तो देखिए पनि कुरा फरक छ । तपाइँ कुनै आइटी कम्पनिमा काम गर्दै हुनुहुन्छ भने तपाइँले कुनै एक बिषयमा प्राबिधिक ज्ञान हासिल गरे मात्र पनि पुग्न सक्छ तर फ्रील्यान्सिंग गर्ने सोच बनाउनु भएको छ भने तपाइँले आफ्नो सेवाको मार्केटिंग, सोसिअल मीडिया प्रोमोसन, सर्च इन्जिन अप्टिमाइजेसन गर्ने लगायत धेरै कुराहरुको बारेमा पनि जानकारी राख्नु पर्ने हुन्छ । त्यसको लागि मेरो पहिलेका पोस्टहरु पनि हेर्न सक्नुहुन्छ, के हो वेब फ्रील्यान्सिंग? , कसरी फल्छ डलर?, के हो सर्च इन्जिन अप्टिमाइजेसन?, सोसिअल नेटवर्क जागिरको भाड़ो, घरमै फल्छ डलर।
अब कुरा गरौ साधारण वेब डीजाइनिंग कसरि सिक्ने ? यसलाई सजिलो गरि भन्नु पर्दा तिन वटा बाटाहरु छन्, इन्सटिट्युट, किताव र इन्टरनेट । कुन माध्यम सजिलो लाग्छ त्यो तपाइँको व्यक्तिगत कुरा हो, यदि तपाइँ छिट्टै नै सिक्ने सोच बनाउनु भएको छ भने तिन वटै माध्यम एकै पटक पनि प्रयोग गर्न सक्नु हुन्छ । हाम्रो नेपालको परिवेशलाइ हेर्दा धेरैलाइ सजिलो लाग्ने र छिट्टो प्रभावकारी भैरहेको माध्यम इन्सटिट्युटमा गएर सिक्ने नै हो । यदि तपाइँ मुख्य शहर नजिक नै हुनुहुन्छ भने त समस्या नहोला तर यदि तपाइँ अलि दुर्गम ठाउमा हुनुहुन्छ भने यो बाटो पनि त्यति सजिलो भने छैन । जे होस् आफु नजिकै कुनै वेब तालिम केन्द्र छ र तपाइँले राम्रो गुरु पनि फेला पर्न सक्नु भयो भने अवश्य पनि ३ देखि ६ महिनाको अवधिमा साधारण वेब साइट निर्माण गर्न सफल हुनुहुने छ । र यसको साथ् साथै तपाइँ संग इन्टरनेटको सुबिधा छ, केहि यस सम्बन्धि कितावहरु पनि छन् र तिनीहरुको सहि पनि सदुपयोग गर्न सक्नु भयो भने त पक्कै राम्रो गर्नु हुने छ । मलाइ धेरै जनाले फोनमा प्रश्न सोध्ने गर्नुहुन्छ कि काठमाण्डौमा कुन इन्सटिट्युट सबै भन्दा राम्रो छ? मैले सबै इन्सटिट्युटमा गएर कस्तो क्लास हुन्छ हेरेको त छैन तर पनि मैले सुनेको आधारमा २/४ वटा इन्सटिट्युटहरुको नाम म अवश्य दिन सक्छु:
College of Software Engineering
National College of Computer Studies
यी बाहेक अन्य धेरै राम्रा इन्सटिट्युटहरु पनि छन् । यदि तपाइँलाइ कुनै अन्य इन्सटिट्युटहरुको नाम थाहा छ भने कृपया कमेन्ट बक्समा लेखिदिनुहोला म थप्दै जाने छु ।
अब तपाइँलाइ लागि रहेको पनि होला यी इन्सटिट्युटहरु हरुले के सिकाउछन त? साधारणतया यी इन्सटिट्युटहरु हरुमा तपाइँलाइ HTML/XHTML, CSS, Photoshop, Dreamweaver, Flash, PHP, MySQL, Javascript जस्ता कुराहरु सिकाउछन । र पैसाको कुरा गर्दा तपाइँको चिनजानको आधारमा वा कुनै विशेष अफर राखेको मौका छोप्न सक्नु भयो भने बिशेष सहुलियत पनि प्राप्त गर्न सक्नुहुन्छ । मलाई थाहा भए सम्म ट्रेनिंगको समय अनुसार कम्तिमा ५०००/- देखि शुरु हुन्छ र अरु थप तपाइँले छान्नु भएको कोर्सको आधारमा लिने गर्छन ।
अब कुरा आउछ यदि इन्टरनेट मै पढ्ने हो भने सबै भन्दा राम्रा साइटहरु कुन-कुन छन्? यसका लागि तपाइले मलाइ भन्दा पनि गूगल, बिंग, याहूलाइ सोध्न सक्नुहुन्छ । तर पनि मैले पहिले देखि सुन्दै आएका र बेला बेलामा हेर्ने गरेका केहि साइटका नामहरु म यहाँ राख्दै छु । र यदि तपाइँलाइ कम्प्युटरमा बसेर पढ्न गाह्रो लाग्दैन भने तपाइँले अनलाइनमा धेरै इ-बुकहरु पनि पाउन सक्नुहुन्छ । तपाइँले गूगलमा गएर खोज्नु भयो भने धेरै जस्तो वेबसाइटहरुले ट्रेनिंग र ई-बुक को पैसा माग्ने गर्छन । त्यसैले यहाँ केहि नि:शुल्क सेवा दिने साइटहरुको नाम उल्लेख गर्ने प्रयास गरेको छु, यी बाहेक यदि तपाइँलाइ राम्रो लागेको कुनै साइट, ब्लग छ भने कृपया कमेन्ट बक्समा उल्लेख गर्नुहोला ।
कति व्यक्तिलाइ त कम्प्युटरमा बसेर पढ्नु त्यति उचित नलाग्न पनि सक्छ, स्पष्ट भन्नु पर्दा गाह्रो लाग्न पनि सक्छ । यदि तपाइँलाइ पनि त्यस्तो लाग्छ भने त्यस्को सजिलो समाधान भनेको बजारमा उपलब्ध वेब डिजाइन सम्बन्धि कितावहरु हुन सक्छ । २००३/४ तिरको कुरा होला जति बेला मैले वेब डिजाइन सिक्दै थिए, त्यति बेला मैले अमेरिकन र ब्रिटिश लाइब्रेरीको सदस्यता लिएको थिए र त्यहा उपलब्ध हुने किताबहरु पालै पालो ल्याएर पढ्ने गर्थे । त्यति बेला त्यहाँ धेरै उपयोगी पुस्तकहरु थिए, अहिलेको परिस्थिति बारे मलाइ त्यति जानकारी छैन । एक पटक तपाइँ आफै गएर पनि चेक गर्न सक्नुहुन्छ । कति राम्रा पुस्तकहरु लाइब्रेरीमा उपलब्ध नहुन पनि सक्छ, त्यस्तो परिस्थितिमा तपाइँले नजिकै उपलब्ध पुस्तक पसलहरुमा पनि खोज्न सक्नुहुन्छा । मैले सुनेका केहि किताबहरुको लिस्ट म यहाँ राख्दै छु, हुन सक्छ कति किताबहरु तपाइको नजिकको स्टोरमा उपलब्ध नहुन पनि सक्छ र कति प्रकाशन नै बन्द भैसकेको पनि हुन सक्छ । तर पनि तपाइँले नजिकैको स्टोरमा गएर एक पटक चेक गर्न सक्नुहुन्छ । नेपाली इन्सटिट्युटहरले पनि आफ्नै लेखकका बुक वा फोटोकपी उपलब्ध गराउने गर्छन यदि तपाइँलाई हाम्रै कुनै नेपाली लेखकको किताब मन परेको छ भने कृपया अरुको लागि पनि यँहा सेयर गर्नु होला ।
Learning Web Design: A Beginner’s Guide to (X)HTML, StyleSheets, and Web Graphics by Jennifer Niederst Robbins
Web Design: Navigation – Julius Wiedemann
Save the pixel: The art of simple web design by Ben Hunt
Web Development and Design Foundations with XHTML by Terry Feller-Morris
Sexy Web Design: Creating Interfaces that Work – Elliot Jay Stocks
About Face 3: The Essentials of Interaction Design by Alari Cooper
Build Your Own Web Site The Right Way Using HTML & CSS, 2nd Edition by Sitepoint
Information Architecture for the World Wide Web: Designing Large-Scale Web Sites
Homepage Usability: 50 Websites Deconstructed
Professional Web Widgets with CSS, DOM, JSON and Ajax – Rajesh Lal and Lakshmi Chava
Designing Web Usability by Jakob Nielsen
Don’t Make Me Think: A Common Sense Approach to Web Usability by Steve Krug
Web Anatomy: Interaction Design Frameworks that Work – Robert Hoekman and Jared Spool
Freelance Design in Practice – Cathy Fisel