२६ असार २०७३, आईतवार

महादेशीय च्याम्पियन बन्नको लागि आज युरोकपको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगल आमने सामने हुँदैछन् । मैदानमा उत्रिन लागेका दुवै टिम बलियो छन् । आज हुने यो खेलनै निर्णयक खेल हो ।हेरौं कसले बाजी मार्छ आजको खेल ! आज राति हुने खेलमा धेरैले फ्रान्सले जित्ने अनुमान गरेका छन् भने अधिकांशले पोर्चुगलले जित्ने आशा गरेका छन् । पोर्चुगलमा विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डो भएका कारण पनि धेरैले पोर्चुगलले जित्ने अपेक्षा गरेका हुन् ।

Capture

घरेलु मैदानमा भएका महत्वपूर्ण प्रतियोगितामा आफ्नो विजयी छाप छोड्न सफल फ्रान्सलाई पुनः उपाधि राख्ने दबाब रहँदा पोर्चुगल महवपूर्ण प्रतियोगितामा पहिलो पटक च्याम्पियन बन्ने दबाबमा रहने छ । विश्वविजेता जर्मनीलाई पराजित गरेको फ्रान्स र वेल्सको सनसनीपूर्ण डेब्युलाई अन्त्य गरेको पोर्चुगल दुवैका लागि फाइनल भिडन्त रोचक हुनेछ । पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोका लागि निकै महŒवका साथ हेरिएको फाइनलमा उनले आफूलाई लिजेन्डका रूपमा प्रमाणित गर्ने मौकाका रूपमा यो प्रतियोगिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV