२६ असार २०७३, आईतवार

jism

फिल्म जिस्मले सेन्सर बोर्ड बाट एडल्ट सर्टी फिकेट पाएको छ ।फिल्मको सिन हरुको लागि सेन्सर बोर्डले आपत्ती नजनाए पनि केही सम्बाद सच्चाउन लगाएको निर्देशक राजुले बताएका छन । एक घण्टा पचपन्न मिनेट लामो फिल्मलाई हिन्दी भाषामा डबिङ  गरी एक जान हे हम टाइटल राखी बिदेशमा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेका छन ।असार ३१ गते देखी प्रदर्शनको तयारी रहेको फिल्ममा सुरेश बुढा अर्चना पनेरु लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।राजु गिरीको फिल्म जिस्म बिबादीत फिल्म हो ।टाइटलनै दर्ता नगरी फिल्मको सुटीङ गर्दा फिल्मको युनिटले केही समय प्रहरी हिरासतमा समेत रहनु परेको थियो ।पुरानो टाइटल नपाउने भएपछि फिल्मको टाइटल अर्चना रहने भनेर  प्रचार गरीए पनि फिल्मले जिस्म टाइटल पुन पाएको थियो ।सेन्सर बोर्ड बाट पनि सामान्यतया अरु फिल्म भन्दा केही छुट जिस्मले पाएको अनुमान चलचित्र क्षेत्रमा गरीएको छ ।केही फिल्म हरुले दर्ता लगायत सेन्सरका बिषयमा सहजता नभएको भनेर प्रेस मिट समेत गरी रहदा फिल्म जिस्म प्रति सरकारी निकाय केही सहज भएको अनुमान अन्य फिल्म कर्मीहरुले लगाइ रहेका छन ।

jiss

jism-film

प्रतिक्रिया दिनुहोस्
LIVE TV