
नायिका रजनी केसीको आगामी रीलिजको तयारीमा रहेको फिल्म ब्रासलेट हो ।अर्को फिल्म लालजोडिको पनि अन्तीम चरणको निर्माण कार्य भइरहेको छ ।फिल्म लोफर बाट फिल्म इन्डष्ट्रीमा प्रबेश गरेकी रजनीको लागि परदेशी फिल्म लक्की साबित भयो ।राजेश बंशलको निर्माण अनि नारायण रायमाझीको निर्देशन रहेको फिल्म परदेशीमा उनले प्रशान्त तामाङको जोडिको रुपमा कार्य गरेकी छिन ।लोफर,परदेशी ,ब्रासलेट र लाल जोडीमा अभिनय गरी सकेकी रजनीले आफ्नो हरेक फिल्मको सुटीङको बेला कुनै न कुनै अभिस्मरणीय क्षण रहेको बताइन ।न्युज ट्वान्टीफोर टेलिभिजननको कार्यवmम ६ प्रस्नमा कुरा गर्दै रजनीले सबै फिल्मको सुटीङको दौरान बिशेश घट्ना घटेको भएपनि परदेशीको शुटीङको बेला बिदेशबाट एक आमाको लाश आउदाको दृष्यले अहीले सम्म पनि मुटु बिझाउने बताईन ।त्यो दृष्यको सुटीङ गर्दा उनिमात्र नभयर पुरै युनिटले नै साच्चिकै आफ्नै आफन्त लाई चोट परे जस्तो महशुश गरेको बताइन ।ब्रासलेटको सुटिङको बेलाको भुकम्प आएको र लालजोडिको सुटीङको बेलामा टाउकोमा चोट लागेको याद उनि संग छ ।