२५ असार २०७३, शनिबार

असारे चटारोले सबैलाई सताएको बेला दैलेख नारायण नगरपालिका भित्रका योजनाहरुको कन्तविजोग, असार भित्र कुनै पनि योजना सम्पन्न नहुने संकेत
असारे चटारोले सवैलाई सताएका बेला दैलेखको नारायण नगरपालिका भित्रका योजनाहरुको भने कन्त बिजोग भएको छ । असार सकिन लाग्दा नारायण नगरपालिका दैलेखकाद्धारा संचालन गरिएका जगेडा कोष अन्तरगतका कुनै पनि योजनाहरुको काम पूरा नहुने संकेत देखिएको छ ।
५० लाख रकम लागतमा निर्माण थालिएको नारायण नगरपालिका वडा नं. ४ र ५ को संयुक्त वडा कार्यालय भवनको यतीवेला सम्म जग नै सुरुवात भएको छैन् । नारायण नगरपालिका वडा नं. ३ मा रहेका बेलासपुर उपस्वास्थ्य चौकीको काम आधा पनि पुरा भएको छैन् । नगरका बासिन्दाहरुका लागि भनेर निर्माण थालिएको डि पार्कको काम केही मात्रामा भएको देखिएपनि असार सम्म पूरा हुने अवस्था देखिदैन् ।  नगरपालिका मार्फत यो बर्ष संचालन भएका जगेडा कोष अन्तरगत ३ करोड रकम लागतमा बिभिन्न ६ वटा योजनाहरुको निर्माण कार्य सुरु गरिएको भएपनि अहिलेसम्म कुनै पनि योजनाहरु पुरा हुने अवस्थामा देखिएका छैनन् । नगरपालिका भित्रका ४ र ५ नम्बर वडाका लागि संचालन गरिएको वडा कार्यालयमा जनताहरुको उपस्थिति विनै उपभोक्ता समिति निर्माण गरिएको भन्दै स्थानीयले बिरोध समेत जनाएका छन् ।
कामको जिम्मेवारी पाएका उपभोक्ता समितिका अध्यक्ष लालबहादुर बस्नेतले काम सम्पन्न गर्ने मिति आफुलाई थाहा नभएको बताए ।
नगरपालिका भित्रका जगेडा कोष अन्तरगतका योजनाहरु असार मसान्त भित्र सम्पन्न हुनुपर्ने भएपनि बजेट निकाशा ढिलो भएकोले केही समस्या आएको र जसरी भएपनि असार भित्र सक्ने अभियान रहेको नगरापलिकाले जनाएको छ । यति मात्र नभई नारायण नगरपालिका अन्तरगत गत बर्ष कागजमा सम्पन्न भएका कतिपय जगेडा कोषका कामहरु अहिलेसम्म पुर्ण हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV