२५ असार २०७३, शनिबार

अमेरिकाको डलास आक्रमणकारीले आफूले श्वेत मानिसको ज्यान लिन चाहेको बताएका छन् । डलास प्रहरी प्रमुखसंगको कुराकानीमा उनले आफ्नो चाहनाबारे स्पष्ट पारेका हुन् ।
डलासमा गोली हानी पाँच प्रहरीको हत्या गर्ने व्यक्ति मिका जेवियर जोनसनले आफ्नो निशानामा श्वेत प्रहरी अधिकारी रहेको बताएका हुन् । जोनसनको प्रहरी कारबाहीको क्रममा गोली लागेर ज्यान गएको थियो । उनले मर्नु अघि आफ्नो निशाना श्वेत प्रहरी अधिकारी मात्रै रहेको बताएका थिए । केही दिन अघि प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको ज्यान गएकोमा जोनसन निराश थिए । त्यसको विरोधमा निश्किएको ¥यालिको अन्त्यमा शुक्रबार जोनसनसहितका बन्दुकधारीले गोली चलाउँदा पाँच जना प्रहरी अधिकारीको ज्यान गएको थियो । २५ वर्षका जोनसन अमेरिकी सेनामा सेवा गरिसकेका थिए । उनी अफगानिस्तान युुद्धमा पनि सामेल भएका थिए । प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

LIVE TV